फागुन, काठमाडौं ।

कमेडी, लभ र एक्सन प्रधान चलचित्र ‘भिमसेन’ निर्माण हुने भएको छ । युवी फिल्मस् ग्यालरीको ब्यानरमा बन्ने यो चलचित्रमा अधिकांश नेपाली कलाकार देखिनेछन् । मंगलवार राजधानीमा एक कार्यक्रमका चलचित्रको शुभ मुहूर्त समेत गरिएको थियो । चलचित्र भोमन कटुवालले निर्देशन गर्दैछन् ।

संगीत बाँनिया, कोनिका घिमिरे, यादव देवकोटा ‘सरापे’ ‘राजु कमेडी रेम्बोु’ राजन महर्जन लगायतका कलाकारहरुको रहने यो चलचित्रमा कला राईको लगानी रहनेछ । राजन ढंगेलको कथा रहेको ुभिमसेनु मा पुस्कर सुनुवारको संगीत, पवन गौतमको छायांकन र अनिल महर्जनको सम्पादन रहनेछ । युवी ब्यानरको यो तेस्रो प्रोजेक्ट हो । चलचित्र ५० लाख भन्दा माथिको बजेटमा निर्माण हुने बताइएको छ ।

मुहूर्त कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र निर्माण टीमलाई शुभकामना दिए । साथै अधिकारीले नेपालमा पनि बक्स अफिस छिट्टै नै सञ्चालन हुने र बक्स अफिस भनेको के हो भन्ने बारे जानकारी दिएका थिए । त्यस्तै चलचित्र बितरक गोपाल कायस्थले पनि चलचित्र टीमलाई शुभकामना दिए ।