चैत, काठमाडौं ।

बरिष्ठ गायक शम्भुजीत बास्कोटाले बिहिबार आफ्नो जन्मदिन मनाएका छन् । उनले जन्मदिनको अवसरमा चलचित्र निर्माणको घोषणा समेत गरे । आफ्नो छोरा सौर्यजीत बास्कोटाको लगानीमा चलचित्र ‘चौका दाउ’ घोषणा गरेका हुन् । चलचित्र पुरनेन्दु झाले निर्देशन गर्दैछन् भने सौर्यजीतसँगै मनोजराज भण्डारीले लगानी गर्दैछन् । कार्यक्रममा उपस्थित चलचित्रकर्मिहरुले शम्भुजीतलाई जन्मदिनको शुभकामना दिए भने चलचित्र टीमको तर्फबाट केक पनि काटिएको थियो ।

कार्यक्रममा बोल्दै शम्भुजीतले यो चलचित्रमा अग्रह र प्रतिभावान ब्यक्तिहरुसँग काम गर्न पाउँदा खुसी लागेको बताए । चलचित्रको कथा शम्भुजीतले नै लेखेका हुन् भने चलचित्रमा २ वटा गीतमा उनले स्वर दिनेछन् । ‘चलचित्र नाम जस्तै हुनेछ, यसभित्रका पात्रहरुले कौडाको दाउ पार्नेछन् ।’, उनले भने । यस्तै उनले कथामा नशा भएको पनि बताए । ‘चलचित्रको कथामै नशा छ, अब केको नशा त्यो भने चलचित्र हेर्नैपर्ने हुन्छ ’, उनले धेरै खोल्न चाहेनन् । शम्भुजीतले यो भन्दा अघि ‘यो मायाको सागर’, ‘अल्लारे’, ‘मितिनी’, ‘सिता’ लगायतका चलचित्रको कथा लेखिसकेका छन् भने चर्चित हाँस्यटेलिसिरियल ‘तितो सत्य’ को २५ औं भागसम्म उनले नै स्क्रिष्ट लेखेका हुन् ।

चलचित्रका निर्देशक झाले पनि कमेडी तथा म्युजीकल जनरामा निर्माण हुने यो चलचित्रमा जुवा तास पनि खेलाइने बताए । जुवातास खेलाएरै सामाजिक कुराहरुाई ब्यंग्यात्मक तरिकाले प्रस्तुत गरिने छ । झाले यो भन्दा अघि नेपाली चलचित्र ‘संरक्षण’, त्यसैगरी बलिउड चलचित्र ‘बेबी’को नेपाल सुटिङमा सह–निर्देशकको भूमिका पनि निभाएका थिए ।

चलचित्रमा सन्तोष पन्त, तैयब शाह, विल्सन बिक्रम राई, रबिन्द्र झा, निर्मल शर्मा, श्वामी बिकाशा नन्द, ऋषि धमला लगायतको अभिनय रहनेछ भने चलचित्रका मुख्य नायक तथा नायिकाहरु खुलाइएको छैन । चलचित्रको शुभ मुर्हुत भन्दा अघि चलचित्रका नायक तथा नायिकाको नाम खुलाएर टीम छायांकनमा जाने बताइयो । चलचित्रमा श्री पुरुष ढकाल र दयाराम पाण्डेले गीत लेख्नेछन् भने सुमन गुरुङ र कोमलराज भण्डारीको स्वर पनि रहनेछ ।