<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> चलचित्र ‘डमरुको डण्डीबियो’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘तितेपाते तितेपाते झ्याप झ्याप’ बोलको उक्त गीत शुक्रबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरियो । जसमा कालीप्रसाद बाँस्कोटाको स्वर र सङ्गीत, एकतारे, हर्क साउद र कालीको शब्द छ । गीतमा चलचित्रका मुख्य कलाकारहरू खगेन्द्र लामिछाने, बुद्धि तामाङ, आशान्त शर्मा, मेनुका प्रधान, अनुप बराल, लक्ष्मी बर्देवा, इंगि होपू कोइंच सुनवार फिचरिङ छन् । </p><p style="text-align: justify; ">चलचित्र छेतन गुरुङले निर्देशन गरेका हुन् । उनले यसअघि ‘नोभेम्बर रेन’, ‘क्यासिक’, ‘डायरी’का कथा लेखेका छन् । चलचित्रमा अभिनेता खगेन्द्र लामिछानेको कथा रहेको छ । चलचित्रमा डण्डीबियो खेलको उत्थान गर्न एक युवाले बोकेको सपनालाई देखाइएको छ । समृद्धि इन्टरटेनमेन्टको ब्यानरबाट निर्माण भएको चलचित्रमा नोर्बु छिरिङ घले र विनोद गुरुङको लगानी रहेको छ । चलचित्रमा हरि हुमागाईको छायाङ्कन रहेको छ ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/I13PeRKj5Zk" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>