चैत, काठमाडौं ।

नेपाली कलाक्षेत्रका पुराना कलाकार सन्तोष पन्त लामो समयपछि पर्दामा देखिने भएका छन् । केहिदिन अघिमात्रै घोषणा गरिएको चलचित्र ‘चौका दाउ’मा पन्त पनि मुख्य भुमिकामा रहनेछन् । पन्तले शम्भुजीत बास्कोटाको स्क्रिष्टले मन छोएको कारण चलचित्रमा काम गर्न इच्छुक भएको बताए । उनले शम्भुजीतले चलचित्रको केहि अंश सुनाउने बित्तिकै आफुलाई चलचित्रमा काम गरौं गरौं लागेको बताए । ‘म बाहिर थिए, शम्भुजीतले एकपटक भेटौं भनेपछि भेटेर स्क्रिष्ट सुनाउनु भो, केहिअंश सुन्नेबित्तिकै मेरो मनछोयो र आतुर लाग्यो ।’, पन्तले भने । यस्तै उनले चलचित्रमा अभिनय गर्ने कलाकारहरुका कारण पनि चलचित्र काम गर्न थप उर्जा मिलेको बताए । ‘चलचित्रमा पुराना साथी कलाकार तैयब शाह पनि हुनुहुदो रहेछ, झन् खुसी लाग्यो, त्यसमाथि पछिल्लो समय रुचाइएका कलाकार, विल्सन बिक्रम र रबिन्द छन् भनेपछि झनै खुसी लाग्यो ।’, पन्तले भने । पन्तले कौडा हातमा राखेको अब खालमा हाल्नमात्र बाँकी रहेको बताए ।

चलचित्र पुरनेन्दु झाले निर्देशन गर्दैछन् भने सौर्यजीत बास्कोटा र मनोजराज भण्डारीले लगानी गर्दैछन् । सौर्यजीत शम्भुजीतका छोरा हुन् । चलचित्रमा सन्तोष पन्त, तैयब शाह, विल्सन बिक्रम राई, रबिन्द्र झा, निर्मल शर्मा, श्वामी बिकाशा नन्द, ऋषि धमला लगायतको अभिनय रहनेछ भने चलचित्रका मुख्य नायक तथा नायिकाहरु खुलाइएको छैन । चलचित्रको शुभ मुर्हुत भन्दा अघि चलचित्रका नायक तथा नायिकाको नाम खुलाएर टीम छायांकनमा जाने बताइयो । चलचित्रमा श्री पुरुष ढकाल र दयाराम पाण्डेले गीत लेख्नेछन् भने सुमन गुरुङ र कोमलराज भण्डारीको स्वर पनि रहनेछ । चलचित्र आउँदो बैशाखबाट छायांकनमा जाने र आउँदो तिहारसम्म रिलिज गर्ने तयारीमा रहेको निर्माण टीमले जनाएको छ ।

video