चैत, काठमाडौं ।

नेपालमा गायनक्षेत्रमा रुचि राख्नेहरुका लागी विश्वकै चर्चित गायन रियालिलिटी शो ‘द भ्वाईस’ नेपालमा पनि भित्रिएको छ । ‘द भ्वाईस’ को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ मार्फत अब गायनमा रुचि राख्नेहरुले प्रतियोगीतामा भाग लिन पाउनेछन् । आइतवार साँझ राजधानीको पाँच तारे होटलमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको उक्त रियालिटी शो आउँदो असारबाट प्रशारणमा आउने जानकारी दिइयो । यस रियालिटी शोलाई गतबर्ष चर्चामा रहेको गायन रियालिटी हो ‘नेपाल आइडल’का निर्देशक लक्ष्मण पौडेलले नै निर्देशन गर्दैछन् ।

कार्यक्रममा प्रलाद सिंह महत एमडी रहेको उक्त रिलायाली शोमा फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहेका छन् । सुशील नेपालले होस्ट गर्ने उक्त शोको निर्णायकको रुपमा बरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा रहने छन् । बिजेतालाई ‘भ्वाईस अफ नेशन’ घोषणा गरिने छ । विजेताले पच्चीस लाख नगद, नयाँ कार, बीस लाख बराबरको भिडियो एल्बमको समझौता तथा वल्र्ड टुरको अवसर प्राप्त गर्नेछन् ।

त्यस्तै सोहि कार्यक्रममा ‘द भ्वाईस अफ नेपाल ‘को एप्स लंच गर्दै एप्सको प्रयोग कसरि गर्ने भन्नेबारे र अडिसन दिन घन्टौ लाईन मा बस्नु नपर्ने प्रमुख सहायक एबम आइ टि प्रमुख फिरोज तिमल्सीनाले बताए । आयोजकको भनाई अनुसार इतिहासमा नै पहिलो पटक उक्त नेपाली शो अन्तराष्ट्रिय प्लाटफर्ममा समेत जानेछ । केहि शोहरु ‘द भ्वाईस ग्लोबल’ नामक भिडियो च्यानलमा प्रशारण हुनेछ जहाँ संसारभरका प्रतिभालाई अटाईएको छ । यसको फ्रेन्चाइजी विश्वका १९१ मुलुकमा प्रसारण हुन्छ ।