चैत, पोखरा ।

बिहिबारबाट पोखराको गैरापाटनस्थित थिएटरमा ‘राष्ट्रिय नाटक महोत्बस २०७४’ शुरु भएको छ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले बिहिबार एक कार्यक्रमका बिच नाटक थाङ्लाको सम्बाद बोलेर महोत्सब उद्घाटन गरेका थिए । नाटक चैत १४ गतेसम्म चल्नेछ ।

मुख्य मन्त्री गुरुङले उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रज्ञा प्रतिष्ठानहरुलाई प्रदेशमा पनि विस्तार गरिनु पर्ने बताए । उनले साँस्कृति हिसाबले सम्पन्न सहर पोखरामा नाटक महोत्सब आयोजना गरिएकोमा खुसी व्यक्त गरे । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले उद्घाटन समारोहलाई सम्बोधन गदै यहाँको नाट्य विकाशको निरन्तरता होस भनेर महोत्सब पोखरामा आयोजना गरिएको जानकारी गराए । राष्ट्रिय नाटक महोत्सवले मोफसलमा पनि नाटकको विकाश होस् र स्थानीय नयाँ नाट्यकर्मीले अवसर पाउन भनेर हरेक वर्ष फरक–फरक स्थानमा आयोजना गर्दै आएको पनि उनले बताए ।

कुलपति सरुभक्तले नेपाली नाट्य संगीतको अध्ययनका लागि राष्टिय स्तरमा नेपाल संगीत तथा नाटक महाविद्यालय पोखरामा खोल्नु पर्ने र त्यसका लागि प्रादेशिक सरकारले सहयोग गर्नु पर्ने बताए । पोखराका विशिष्ट दर्शकलाई समेत लक्षित गरेर यस पटक थाङ्ला र एन्टिगोनी जस्ता चर्चित नाटकलाई आमन्त्रित रुपमा मञ्चन गराईको पनि उनले जानकारी गराए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्र्व सदस्यसचिब एवम् कवि तिर्थ श्रेष्ठले पोखरामा धन शमशेरबाट नाटक मञ्चनको परम्पार सुरु भएको जानकारी गराउँदै पोखराको रँगमञ्च इतिहाँस देखि हालसम्म उर्वर रहेको बताए । यसरी पोखरामा नाटक घर निर्माणसँगै महोत्सब हुनुले फेरी रँगमञ्च जुर्मुराएको बताए ।

यो नाटक महोत्सबका संयोजक एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य पुष्करबहादुर गुरुङले महोत्सब एक सातासम्म प्रदर्शन हुने जानकारी गराए । देशभरका उत्कृष्ट नाटकहरु मध्यबाट यस पटक १० ओटा नाटकलाई यो महोत्सबका लागि चयन गरिएको उनले जानकारी दिए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका अर्का प्राज्ञ परिषद सदस्य रमेश रञ्जन झाले महोत्सबको औचित्यको बारेमा प्रकाश पार्दै राजधानी केन्दित महोत्सबलाई काठमाडौं बाहिर लगेर आयोजना गर्दै आएको जानकारी गराए ।

उद्घाटन समारोहमा धनबहादुर गन्धर्व लगायतका पोखरेली कलाकारले सारँगी धुन प्रस्तुत गरेका थिए । उद्घाटन पछि महोत्सबमा बिहिबार सरुभक्त लिखित एबम् अनुप बराल निर्देशित नाटक थाङ्ला २ बजे र ५ बजे गरी दुई पटक मञ्चन गरियो । ९ चैतमा पनि यही नाटक मञ्चन गरिँदैछ ।

यस्तै महोत्सब १० र ११ चैतमा राजन खतिवडा निर्देशित नाटक एन्टिगोनी मञ्चन गरिने महोत्सब संयोजक पुष्कर गुरुङले बताए । १२ चैतमा सांस्कृतिक संस्थानबाट बिरेन्द्र हमाल निर्देशित एक चिहान, ममता मञ्जुल निर्देशित सान्नानीको सन्ते राजा र सौगात पोखरेल निर्देशिन भर्जिन कथा, १३ चैतमा मेनकाजी गुरुङ निर्देशित नारी शिक्षा, टिकाभक्त जिरेल निर्देशित चाँदीको घेरा, पुरु लम्साल निर्देशिन पानी घट्ट र चैत १४ मा आशिष अधिकारी निर्देशित जयगान, घिमिरे युवराज निर्देशित सखी मञ्चन गरिँदैछ ।