‘शत्रु गते’ दर्शक प्रतिक्रियाः बोरिङ हुने ठाउँ नै छैन

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आज चैत ९ गतेबाट देशब्यापी प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’को ओपनिङ सुखद देखिएको छ । प्रदर्शन अघिनै बुकिङमा समेत राम्रो देखिएको ‘शत्रु गते’ मा दर्शकको उपस्थिती बाक्लो देखिन्छ । शुक्रबारको बिहानीका अधिकांश शो मल्टिप्लेक्सहलहरुमा हाउस फुल रहे भने सिंगल थिएटरहरुमा पनि दर्शकको चाप निकै छ ।

चलचित्र निर्माण टिम बिहानै देखी राजधानीका बिभिन्न हलहरुमा प्रतिक्रिया बुझ्नका लागी हिडिरहेका छन् । यसैबिच राजधानीको ठुलो हलमध्येको ‘गोपिकृष्ण’ हलमा बिहानको दोस्रो शोमा दर्शक प्रतिक्रिया बुझ्न हलसम्म पुगेका निर्माता किरण केसी, नायक पल शाह र नायिका आँचल शर्माले दर्शकबाट निकै राम्रो प्रतिक्रिया आएको बताए । ‘दर्शकले निकै मनोरञ्जन लिएर चलचित्र हेरिरहनुभएको छ । सबैले चलचित्र राम्रो बनेको र कुनैपनि सिनमा बोर फिल नहुने प्रतिक्रिया दिनुभएको छ, एकदम खुसी छौं ।’, निर्माता केसीले आर्टिष्ट खबरसँग कुरागर्दै भने । यस्तै नायक र नायिका पल र आँचलको जोडीपनि हलको प्रांगणमा दर्शकसँग केहिबेर अन्तक्र्रिया समेत गरेका थिए । धेरै दर्शकले पल र आँचलको जोडी निकै मन परेको पनि बताएका थिए ।

गोपिकृष्ण हलबाट चलचित्र हेरिसकेपछि निस्किएका दर्शकसँग आर्टिष्ट खबरले प्रतिक्रिया लिनेक्रममा अधिकांशले बोरिङ हुने कुनैपनि ठाउँ नभएको प्रतिक्रिया दिएका थिए । ‘हामीलाई त निकै मज्जा आयो । चलचित्रभरी नै हाँसेको हाँसेई भइयो ।’, चावहिल बस्दैआएका एक युवाले चलचित्र हेरिसकेपछि भने । चलचित्र हेर्न अधिकांश युवाहरुको समूह देखिन्छ ।

Video report:

प्रेस शोबाट राम्रो प्रतिक्रिया

यस्तै राजधानीको कुमारी हलमा सञ्चारकर्मिहरुलाई देखाइएको शो बाट पनि चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ । दर्शकलाई चलचित्रले पुरा समयसम्म मज्जैले बाँधेर राख्न सक्ने अधिकांशले प्रतिक्रिया दिएका थिए । चलचित्रमा बरिष्ठ हाँस्य कलाकार मह जोडीका हरिवंश आचार्यको अभिनयले सबैलाई निकै हँसाएको देखिन्थ्यो । चलचित्रमा युट्युव मिडियाले भित्राएका बिकृती तथा युट्युव मिडियाले पार्नसक्ने सामाजिक प्रभावलाई पनि देखाइएको छ । त्यस्तै तराईमा अझैपनि मुक्त हुन नसकेको दाइजोप्रथालाई पनि चलचित्रमा समेटिएको छ । कुमारी हलमा दर्शक तथा सञ्चारकर्मिहरुसँग हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, शिवहरी पौडेल लगायतका कलाकारहरुले सँगै बसेर चलचित्र हेरेका थिए ।

चलचित्रका निर्देशक प्रदीप भट्टराईले चलचित्रमा दर्शकलाई जुन तरिकाले हसाँउन र रुवाउन खोजिएको छ त्यो पुरा भएको बताए । उनले चलचित्रको सम्पुर्ण टीमले गरेको कामको रिजल्ट राम्रो आउँदा निकै उत्साहित भएको बताए । ‘शत्रु गते’ मा राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको पनि प्रमुख भूमिका छ ।  तराई र काठमाण्डौमा छायांकन गरिएको यो चलचित्र मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ