‘सुवर्णलता’ उपन्यास माथी समिक्षा

चैत, काठमाण्डौ ।

साहित्यकार मालिका केसरीको उपन्यास ‘सुवर्णलता’बारे राजधानीमा साहित्यकारहरुले समिक्षा गरेका छन् । शनिबार भएको अन्तरसंवाद कार्यक्रममा बोल्ने लेखक साहित्यकारहरुले साहित्य पढ्ने पाठक घट्दै गएको प्रतिचिन्ता व्यक्त गरे । साहित्यकारहरुले नेपाली साहित्यमा पाठकको ध्यान एकाग्र गर्ने कृतिको खडेरी कायमै रहेको बताएका छन् । साहित्यकार केसरीको उपन्यास सुवर्णलताले पाठकको ध्यानआकर्षण गर्ने विस्वास उनीहरुको छ । उपन्यासकार अमर न्यौपानेले उपन्यासको भावपक्षशसक्त भए पनिउपन्यास लामो भएको तर्क गरे । उनले भने–‘उपन्यासको भाव उच्च भएपनि धेरै विषयबस्तु छोएकाले उपन्यास अलिकलामो भएको छ । जसका कारण पाठकलाई केहि समय अलमल जस्तो अनुभूति भएपनि आखिरमा पाठकको मन तानिरहन यो सफल हुनेछ ।’

साहित्यकार डा. रामप्रसाद ज्ञवालीले उपन्यास सुवर्णलतामा पाठकको ध्यान सुरुदेखि अन्त्यसम्म तान्ने तागत रहेको बताए । सुवर्णलता भित्र माया प्रेम सँगै ग्रामीण र शहरी परिवेशका पात्रहरुलाई सुन्दर ढंगले लेखक केशरीले प्रस्तुत गर्नुभएको साहित्यकार ज्ञवालीको बुझाई छ । कार्यक्रममा उपस्थित पाठकले उपन्यास अत्यन्त उत्कृष्ठ भन्दै उपन्यासमा लेखकले बौद्धकालिन समाज र बुद्धले पत्तालगाएको ज्ञानलाई उपन्यासमा ढालेकाले उपन्यास पढ्दा बुद्धको मार्गमा स्वयं हिँड्दै गरेको अनुभुति हुने धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रममा उपस्थित पाठक विजय मोक्तानका अनुसार ‘उपन्यास पढ्दा बुद्ध स्वयं नै अगाडि उभिएर प्रवचन दिईरहको अनुभूति हुनु लेखकको लेखकीय सफलता हो ।’ लेखक केशरीले पाठकबाट पाएको मायाले नयाँउर्जा प्राप्तभएको भन्दै आफूमाथि नयाँ जिम्मेवारी थपिएको बताएका थिए । आफ्नो प्रयासलाई पाठकले मनपराएकै कारण बजारमा आएको छोटो समयम मै सुवर्णलताको दोस्रो संस्करण आउन लागेको पनि उनले खुलासा गरे । उपन्यास सांग्रिला बुक्सले बजार मा ल्याएको हो ।