चैत, काठमाडौं ।

पछिल्लो समय एकपछि अर्को गर्दै चलचित्रहरु बिदेशमा खिचिन थालेका छन् । केहिदिन अघिमात्रै नायिका ऋचा शर्माले निर्माण गरेको चलचित्र ‘सुनकेशरी’ को ट्रेलर कार्यक्रममा पुरै चलचित्र नेपाल बाहिर खिचिएको जानकारी दिइयो । यसैबिच आइतबार पनि चलचित्र ‘लिलि बिली’मा समावेश ‘हावा सरी’ बोलको गीत सार्वजनिक गरियो । जुन गीतको छायांकन टर्किको े स्तानबुलमा खिचिएको हो । भिडियोमा नायक प्रदीप खड्का र नायिका प्रियंका कार्कीलाई फिचर गरिएको छ । यसअघि सार्वजनिक गरिएको गीतमा प्रियंका कार्की देखिएकी थिइनन् । यसअघि चलचित्रका दुईगीत सार्वजनिक भइसकेका छन् ।

यो गीतको भिडियोमा त्यहाँका पुरातात्विक धरोहर देखि विभिन्न सुन्दर स्थानलाई उतारेर भिडियोको रुपमा ल्याईएको छ । दीपेन्द्र घिमिरेले लेखेको यो गीतमा एसडी योगीको संगीत छ । गीतलाई मेनुका पौडेलसँग एसडी आफैंले गाएका हुन् । भिडियो सार्वजनिक समारोहमा यो चलचित्रका तीन जना मुख्य कलाकार प्रदीप खड्का, प्रियँका कार्की र जसिता गुरुङले ‘लिली बिली’मा काम गर्दाको अनुभव सुनाए ।

चलचित्र मिलन चाम्सले निर्देशन गरेका हुन् । यसको छायांकार सुदीप बराल हुन् । यो चलचित्रमा प्रदीप, प्रियंका र सजितासँगै सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धु्रब दत्त, अनुप बिक्रम शाही, ऋतेश चाम्स सहितको अभिनय रहेको पनि निर्देशक चाम्सले कार्यक्रममा जानकारी गराए । लिली बिलीलाई गोबिन्द शाही, सुदीप खड्का र मिलन चाम्सले सँयुक्त निर्माण गरेका हुन् । चलचित्र नयाँ वर्षको अबसरमा आगामी ३० चैतबाट देशव्यापी प्रदर्शनीमा आउदै छ ।

video: