चैत, काठमाडौँ ।

प्रसिद्ध शक्ति पीठ मनमैजुको बारेमा तयार पारिएको अनुसन्धानात्मक कृतिको एक समारोहबीच आइतबार लोकार्पण गरिएको छ । मनमैजुको उत्पत्ति, इतिहास र संस्कृति नामक पुस्तकको लोकापर्ण गर्दै प्रमुखअतिथि सांसद रामवीर मानन्धरले सबैले आफ्नो कला संस्कृतिका लागि केही गर्नुपर्ने बताए ।

भिक्षु जनकले पञ्चशील ग्रहण गराएपछि सुरु भएको उक्त कार्यक्रममा तारकेश्वर नगरपालिका कला संस्कृति विभागका संयोजक एवम् वडा नं ४ का वडाध्यक्ष नरेन्द्रदाश श्रेष्ठले निकट समयमा नै तारकेश्वर नगरपालिकाले नगरको सम्पूर्ण सम्पदाको अभिलेखीकरण गर्न लागेको बताए ।

कार्यक्रममा मनमैजु साँस्कृति समाजका संस्कृति विभाग प्रमुख ध्रुवराज खड्काले यस पुस्तकले प्रसिद्ध मनमैजु शक्तिपीठको बारेमा धेरै तथ्यउजागर गरेको विचार राखे ।

कार्यक्रममा गोलढुङ्गा साहित्य परिषदका अध्यक्ष देवेन्द्र अर्याल आँसुले मनमैजुको इतिहास, संस्कृतिका विविध पक्षलाई पुस्तकले समेटेका कारण यो पुस्तक संस्कृतिका अध्येता र अनुसन्धानकर्ताका लागिमहत्वपूर्ण सामग्रीहुने धारणा राख्नु भयो । उक्त कार्यक्रममा निराजन तामाङ, सुदर्शन आचार्य, मानसिंह महर्जन लगायतले आफ्नो मन्तव्य राखेका थिए । लोकार्पित पुस्तकका बारेमा घनश्याम पुडासैनीले समीक्षात्मक टिप्पणी गरे । उक्त पुस्तकगोलढुङ्गा साहित्य परिषदले प्रकाशन गरेको हो ।