गोपिकृष्ण चापागाईं / चैत, काठमाडौं ।

आजबाट चैत १७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा लोकदोहोरी गीत प्रतियोगीता शुरु हुँदैछ । बिगतमा अन्तर दोहोरी साँझ स्तरीय रनिङ शिल्डको रुपमा आयोजना गर्दै आएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय समितिले यो बर्ष खुला लोक दोहोरी प्रतियोगीतोको आयोजना गरेको हो । पाँचदिनसम्म चल्ने यो प्रतियोगीता भृकुटी मण्डपस्थित पुष्प बगैचामा हुँदैछ ।

देशभरीका प्रतियोगीहरुले सहभागिता जनाउन पाउने ब्यवस्था गरिएको यो दोहोरी गीत प्रतियोगीतामा जम्मा ३४ टीम दर्ता हुन आएका छन् । प्रत्येक टीममा ३÷३ जनाको समूहले सहभागीता जनाउन पाउनेछन् भने कार्यक्रम प्रत्येक दिन बिहान १० बजेदेखी ६ बजेसम्म चल्नेछ । कार्यक्रम अवलोकनका लागी सर्वसाधारणका लागी रु. ५० को टिकट दर तोकिएको आयोजकले जनाएको छ । साथै फाइनलका लागी भने यो टिकट मुल्य फेरबदल हुनसक्ने बताइएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय समितिले प्रतियोगीताको मुल उद्देश्य प्रतिष्ठानको भवन निर्माण गर्ने रहेको बताएको छ । प्रतिष्ठानका केन्द्रिय अध्यक्ष गायक बद्री पंगेनीले आइतबार राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे । ‘हामीले बिगत केहिबर्ष देखी प्रतिष्ठानको आफ्नै भवन निर्माणका लागी बिभिन्न कार्य गर्दै आइरहेका छौं । प्रतिष्ठान भित्रकै सदस्यहरुको भाग तथा आवश्यक भएकैले हामी भवन निर्माणमा जुटेका हौं ।’, बद्रीले भने । यस प्रतियोगीताबाट बचेको रकम भवन निर्माणमा लगाइने उनले बताए । ‘कार्यक्रममा देशका बिभिन्न ठाउँबाट आउनुहुने आगन्तुक पाहुनाहरुको स्वागत सत्कार, प्रतियोगी कलाकारहरु, निर्णायक, बाध्यवादक साथै व्यवस्थापन खर्च कटौती पछि बचेको रकम प्रतिष्ठानको भवन निर्माण गर्न प्रयोग गरिनेछ ।’, उनले भने ।

पुरस्कारः

प्रथमः रु. १, ५१, १०० र एक गीत रेकर्ड

द्धितियः रु. १,०१,१००

तृतियः रु. ५७, ७७७

सान्त्वाः रु. २७,७७७

कार्यक्रम अवधिभर ५० हजार दर्शकलाई कार्यक्रम अवलोकन गराउने अनुमान रहेको कार्यक्रमका मिडिया संयोजक बैकुण्ठ महतले जानकारी दिए । ‘हामीले दोहोरी प्रतियोगीतासँगै राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुतीपनि राखेका छौं, गीतसंगीत, हाँस्यब्यग्य क्षेत्रका चर्चित कलाकारहरुको प्रस्तुती हेर्न पाइनेछ ।’, महतले भने । प्रतियोगीतामा प्रयोग भएका गीतसंगीतका श्रष्टा सर्जकहरुलाई उनीहरुको गीत प्रयोग भएबापतको रोयल्टी समेत प्रदान गरिने प्रतिष्ठानको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

प्रतियोगीतामा दोहोरीमा उत्कृष्ट सिर्जना भएकाहरुलाई प्राथमिकता दिइने बताइएको छ । ‘निर्णायकले प्रतियोगीको स्वर, गीतका छन्द, अनुप्रास सबैलाई हेरेर निर्णय गर्नुहुनेछ । दोहोरी भन्नेबित्तिकै सिर्जनालाई प्राथमिकता त हुनेनै भयो तर यसो भनिरहँदा स्वर भएकाहरु पछाडि पर्छन् भन्ने हुँदैन ।’, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रमेश बि.जीले भने । प्रतिष्ठानका सल्लाहकार एवम् पूर्व अध्यक्ष, केन्द्रिय पदाधिकारी र वर्तमान केन्द्रिय कार्यसमिति निर्णायक मण्डलको निर्णायकमा रहने छन् ।

कार्यक्रम स्थलभित्र दर्शकहरुलाई ध्यानमा राखी खाना, खाजाको स्टलहरुको ब्यवस्था गरिएको छ । ‘राष्ट्रिय अर्ना लोक दोहोरी गीत (रनिङ शिल्ड) प्रतियोगीा २०७४’ नाम दिइएको यो प्रतियोगीतालाई अर्ना वियरले मुख्य प्रायोजन गरेको छ भने सिटी एक्सप्रेस मनि ट्रान्सफ प्रायोजक, लिची जुस सहप्रायोजकमा रहेको छ । यस्तै प्रतियोगीतालाई नेपाल पर्यटन बोर्डले प्रबद्र्धन गर्नेछ ।

प्रतियोगीतामा प्रथम हुने टीमले नगद १ लाख ५१ ह्जार १ सय रुपैया पुरस्कार स्वरुप पाउने छ भने एक गीत रेकडिङको सुविधा पनि दिइने बताइएको छ । त्यस्तै द्धितिय, तृतिय र सान्त्वनाले क्रमशः १ लाख १ हजार १ सय, ५७ हजार ७ सय ७७, २७ हजार ७ सय ७७ पुरस्कार राशी पाउनेछन् ।

Video: