आर्टिष्ट खबर, चैत, काठमाडौं ।

चलचित्र ‘कृ’ निर्माता सुवास गिरीलाई प्रहरीले अनुसन्धानका लागी हिरासतमा राखेको छ । चलचित्रमा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत चोरीको आरोपमा निर्देशक शम्भु प्रधानले ‘कृ’ निर्माता बिरुद्ध उजुरी हालेका थिए । निर्देशक प्रधानले आफ्नो चलचित्र ‘सम्झना’ मा समावेश यो गीत विना अनुमती ‘कृ’ चलचित्रमा ‘उकालीमा अघि अघि’ बोलमा राखिएको भन्दै कारबाहीको माग राख्दै केहिसाता अघि काठमाडौं प्रहरी परिसर, टेकुमा उजुरी दिएका थिए । यसैक्रममा मंगलबार साँझ टेकु प्रहरीले निर्माता सुवास गिरीलाई अनुसन्धानका लागी हिरासतमा राखेको हो ।

अनुसन्धान पूरा नहुन्जेल थुनामाः प्रहरी नायब उपरीक्षक थापा

टेकुका प्रहरी नायब उपरीक्षक मोहन कुमार थापाले दुबै पक्षसँगको वार्ता सफल नभएपछि अनुसन्धानका लागि निर्माता गिरीलाई हिरासतमा राखिएको जानकारी दिए । उनले अनुसन्धान नहुञ्जेल गिरीलाई हिरासतमै राखिने जानकारी दिए । ‘अनुसन्धान पूरा नहुन्जेल उहाँलाई थुनामा राखिनेछ ।’, थापाले भने । दुबैपक्षलाई सकेसम्म मिल्नका लागी आफुले आग्रह गरेको पनि उनले बताए । ‘हामीले त सकेसम्म आफुहरु मिल्नुस भनेको थियौं तर उहाँहरु नमिलेपछि कानुनी कारबाही अगाडि बढाएका हौं ।’

प्रहरी नायब उपरीक्षक थापाका अनुसार निर्माता गिरीलाई अनुसन्धानका लागी मात्र हिरासतमा राखिएको हो । ‘हामीलाई २५ दिनसम्म मात्र हिरासतमा राख्ने अनुमति हुन्छ, भोली जिल्ला अदालतमा उहाँलाई म्याद थपका लागी लैजान्छौं त्यसपछि कतिदिनको अनुमति दिन्छ त्यो अनुसार अनुसन्धानको प्रक्रिया अघि बढ्छ ।’, थापाले आर्टिष्ट खबरसँग कुरागर्दै भने ।

मेरो माग न्याय होः निर्देशक प्रधान

निर्देशक शम्भु प्रधानले बिना अनुमति अरुको गीत प्रयोग गर्दा आफुले यस्तो कदम चाल्नुपरेको बताए । उनले आफुले पटक पटक चलचित्रबाट उक्त गीत हटाउनका लागी आग्रह गरेको बताए । ‘मैले धेरैपटक गीत हटाउनुस भनेको थिएँ तर उहाँहरुले चलचित्रलाई देश बिदेश पु¥याएर अझैपनि गीत चलाइरहनुभएको छ, अनुमति लिनुभएको भए सजिलै हुन्छ भन्ने थिएँ होला नि मैले ।’, प्रधानले भने । यस्तै उनले भोलीका दिनमा यसरी नै अरुको सिर्जना चोरी गर्नेहरुका लागी पनि आफु लडिरहेको बताए । ‘म मेरो ब्यक्तिगत स्वार्थका लागी लडिरहेको छैन । भोली फेरी पनि यस्तै कार्य नहोस्, कसैले अरुको सिर्जना चोरी गर्दा एकपटक सोचुन् भनेर यो सब् गरेको हुँ, मेरो माग न्यान हो ।’, उनले भने ।

प्रधानले निर्माता भुवन केसीविरुद्ध पनि जाहेरी दर्ता गराएका थिए । तर, चलचित्र विकास बोर्डको दर्ता फाइलमा सुवास गिरीको नाम मात्र निर्मातामा उल्लेख छ । कानुनी रुपमा केसी निर्माता नभएको खुलेपछि गिरीविरुद्ध मुद्दा चलाउन लागिएको हो । प्रहरीका अनुसार यदि निर्माताको सेयर होल्डरमा भुवन केसीको नाम पनि आएमा उनलाई पनि हिरासतमा राखिने छ । प्रतिलिपि अधिकार ऐनअनुसार दोषी ठहर भए ६ महिनासम्म कैद सजाय हुनसक्छ । त्यस्तै, मागअनुसार क्षतिपूर्ति र जरिवाना समेत हुन सक्ने व्यवस्था छ ।

Video:

तस्बिर क्याप्सन (शुरुको): मंगलबार साँझ निर्देशक शम्भु प्रधान र प्रहरी नायब उपरीक्षक मोहन कुमार थापा छलफल गर्दै । तस्बिरः आर्टिष्ट खबर डटकम ।