शत्रुगतेः दर्शकले दर्शक तान्दै

चैत, काठमाडौं ।

गएको शुक्रबारबाट देशैभरीका सयबढी चलचित्रहलहरुमा एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ले यतिखेर अधिकांश हलहरुमा हाउसफुलका साथ ब्यापार गरिरहेको छ । चलचित्रको ब्यापार राम्रो गर्नुको साथै ‘वर्ड अफ माउथ’ अर्थात दर्शकले दर्शक तान्नेकाम बढेको छ । चलचित्र हेर्न दर्शक हलसम्म आउने माध्यम प्रमोशन र ‘वर्ड अफ माउथ’ले ठुलो भूमिका खेल्छ । यसैक्रममा अहिले यो चलचित्रले पनि दर्शकको राम्रो साथ पाएको छ । चलचित्र हेरिसकेका दर्शकबाट अन्य दर्शकलाई सकारात्मक सन्देश जाँदा दर्शकको संख्या बढिरहेको देखिन्छ ।

निर्माण टीमले दिएको जानकारी अनुसार प्रदर्शनको तिन दिनमै चलचित्रले ३ करोड २७ लाख बराबरको कारोबार गर्न सफल भएको छ । प्रदर्शनको चौथो दिन फिल्म हेर्न नेकपा एमालेक पुर्व अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल पुगेका छन् । राजधानीको बागबजारमा रहेको सिटी म्याक्स हलमा उनि सहित भिम रावल , देबेन्द्र पौडेल, ठाकुर गैरे, जीवन राम श्रेष्ठ पुगेका थिए । पुर्व प्रधानमन्त्री खनालले फिल्म हेर्ने ईच्छा व्यक्त गरेपछि उनको सचिवालयले हलमा विशेष शोको आयोजना गरेको थियो । खनाल सहित अन्य शीर्षस्थ नेताको टोलि फिल्म हेर्न पुगेको थाहा पाएपछी चलचित्र ‘शत्रु गते’ युनिट हलमा पुगेको थियो । हरिवंश आचार्य, किरण केसी, दीपक राज गिरी, दीपाश्री निरौला र प्रदीप भट्टराई हल पुगेका थिए ।

यसैगरि सोमबार नै अभिनेता भुवन केसी र उनको ब्यानरमा बन्ने चलचित्र ‘क्याप्टेन’ का निर्देशक दिवाकर भट्टराईले पनि चलचित्र हेरेका छन् । कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा भुवन र दिवाकरले चलचित्र हेरेका हुन् ।

सोमबार नै फिल्म ‘राम कहानी’ युनिटले पनि फिल्म हेरेका छन् । निर्देशक सुदर्शन थापा सहित कलाकारहरु आकाश श्रेष्ठ , केदार घिमिरे ’माग्ने बुढा’ र पुजा शर्मा फिल्म हेर्न पुगेका थिए ।  चलचित्र ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्र मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

चलचित्र हेरिसकेपछि नेकमा एमालेका नेता झलनाथ खनालले चलचित्र निकै रमाइलो बनेको प्रतिक्रिया दिए । ‘आफ्नो समय खेर फाले जस्तो लागेन । फिल्म मन परेकैले सम्पूर्ण समय बसेर फिल्म हेरे । फिल्मले मनोरंजनसंगै संदेश पनि दिन्छ । मह जोडीको काम उत्कृष्ट छ ।’, खनालले भने । यस्तै नेता भिम रावलले पनि आफ्नो छुट्याएर आएको समय खेर नगएको बताए ।  अभिनेता भुवन केसीले नयाँ पुस्तासँग पनि हरिवंश आचार्य फिट देखिएको प्रतक्रिया दिए । ‘निर्देशकले कलाकारको जम्बो टोलिलाइ राम्रोसँग फिल्ममा देखाएको छ । फिल्म रमाइलो छ । समय र पैसाको सदुपयोग हुन्छ ।’, अभिनेता केसीले भने ।

video: