अमर बान्तुले ल्याए कवितासंग्रह र गीतएल्बम एकसाथ

चैत, काठमाडौं ।

कवि तथा गीतकार अमर बान्तुले कविता संग्र्रह र गीति एल्बम एकसाथ बजारमा ल्याएका छन् । कविता संग्रह ‘परिभाषका राँटाहरु’ र गीति एल्वम ‘अमर भावना’ एकसाथ बिमोचन गरिएको हो । बान्तुका ४४ वटा गीतहरु र १२ वटा कविता सङ्ग्रीहत पुस्तक परिभाषाका राँटाहरु र १२ वटा गीतहरु सङ्ग्रीहत एल्वम अमर भावना राजधानिको लाजिम्पाट स्थित होटल शंकरमा भब्य कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको थियो ।

एल्वममा फूल जस्तै, जिन्दगीका दौडमा, फक्रदै रहरहरु, युगौं भयो, जन्मने रहर, हिड्नु पर्ने, भोजपुरैको बजार, आमा, यति धेरै, ओठमा आईलगायतका १२ वटा गीतहरु रहेका छन् जसमा राजु सिंह, न्यु बज्राचार्य, शान्तिराम राई, राज सागर, पारस मुकारुङ र मनोज थापाको सङ्गीतमा अन्जु पन्त, एड्रिन प्रधान, उदय सोताङ, राजेस पायल राई, राज सागर, स्वरुपचाज आचार्य, बानिका प्रधान लगायतको आवाज रहेको छ ।

वरिष्ठ साहित्यकार तथा गायक गणेश रसिकको प्रमुख आतिथ्यमा सम्पन्न कृति बिमोचन समारोहमा एल्बम भित्रका गीतहरुको लाईभ प्रस्तुती गरिएको थियो भने चार वटा म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । राज सागर र भिषण मुकारुङकोे लाइभ प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।

नेपाल गीतकार संघले आयोजना गरेको उक्त कार्यक्रममा राजले ‘फर्किदै रहरहरु…’, ‘ओठमा आई…’, ‘फूलजस्तै…’ र ‘युगौ भयो…’ जस्ता गीत सुनाएका थिए भने भिषणले ‘दिलपा दावा…’ गीत लाइभ प्रस्तुत गरेका थिए ।

अग्रज तथा युवा पुस्ताका चर्चित सङ्गीतकर्मीको बाक्लो उपस्थिती रहेको कार्यक्रममा बिशिष्ट अतिथकिा रुपमा डा. भोला रिजाल, कालिप्रसाद रिजाल, पूर्व मन्त्री तथा गीतकार एस. पी. कोईराला, श्रवण मुकारुङ, सत्य स्वरुप आचार्यलगायतले एल्वम र पुस्तक दुवै राम्रो बनेको प्रतिकृया दिएका थिए ।