
<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> चलचित्र ‘मनाङ्गे नानी’ टीमले चलचित्रको फस्टलुक सार्वजनिक गरेको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रका केहि पोष्टर सार्वजनिक गरेको हो जसमा नायक र नायिका देखिएका छन् । शुभेक्षा फिल्म प्रोडक्सन प्रालिको ब्यानर निर्माण भएको यो चलचित्र खुस बहादुर गुरुङको निर्देशन छ भने कथा,पटकथा, गीत, संगीतपनि गुरुङकै हो । </p><p style="text-align: justify; "> चलचित्रमा नायक भिम गुरुङ, शान्ती गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ र खुसि गुरुङको अभिनय छ । नायक गुरुङले यो भन्दा अघि चलचित्र ‘चिनो’ र ‘तिमि बिनाको जिबन’ मा पनि काम गरिसकेका छन् । चलचित्रको छायांकन ७० प्रतिशत भन्दा बढी मनाङका रमणिय स्थानहरुमा भएका छन् । फिल्म बर्ष ७५ को बैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।</p><p style="text-align: justify; ">चलचित्रमा श्रीकृष्ण फुयालको छायांकन रहेको छ भने जनक गुरुङको द्वन्द छ । गौतम गुरुङ, सोल बहादुर गुरुङ, भिम राज गुरुङ र टिकामाया फुयाल ले संयुक्त रुपमा निर्माण गरेका हुन् । सुबास गुरुङ, मनाङ गुरुङ ,ओमन गुरुङको नृत्य निर्देशन रहेको फिल्ममा प्रकाश गुरुङ, मदन गुरुङ, सुकराज गुरुङ र तिलु गुरुङ कार्यकारी निर्माताका रुपमा छन् ।</p><pre style="text-align: justify; "><b>Posters:
</b><img src="http://artistkhabar.com/uploads/posts/7b1c88109c594fb9105395a1c8fb3e7e1522316642.jpg" style="width: 520px;">
<img src="http://artistkhabar.com/uploads/posts/1703076f9984205d8788b4cb822fdc7f1522316653.jpg" style="width: 520px;">
</pre>