शत्रुगते कलेक्सनः ६ दिनमा ५ करोड ६२ लाख

चैत, काठमाडौं ।

किरण केसीको प्रस्तुतीमा रहेको चलचित्र ‘शत्रु गते’ले ६ दिने कलेक्शन सार्वजनिक गरेको छ । गएको चैत्र ९ गतेबाट प्रदर्शनमा आएको ‘शत्रु गते’ले  टीमले राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै छैठौ दिनसम्म ५ करोड ६२ लाखको कारोबार गरेको बताएको छ ।  राजधानीका लागि वितरक बिके फिल्म्सको तर्फबाट गोपाल काजी कायस्थ र मोफसलको लागि वितरक एफडी कम्पनिका बिक्रम पराजुलीले संयुक्त रुपमा हिसाब सार्वजनिक गरेका हुन् । शुक्रबार देखि बुधबार सम्मको कलेक्सन अनुसार राजधानीमा ३ करोड २५ लाख ग्रस र मोफसलमा २ करोड ३७ लाख ग्रस गरेको छ ।

कार्यक्रममा कलाकार तथा कथाकार हरिवंश आचार्यले दर्शकको मायाबाट निकै खुसी भएको बताए ।  ‘आजको यो खुसि हाम्रो त हो नै साथमा वितरकहरुले जसरि खुसियाली साट्ने अवसर जुटाउनु भयो यसको लागि धन्यवाद । फिल्म प्रदर्शन भइरहेको हलमा गएर म साथै हाम्रो टीमले प्रतिक्रिया लिएका छौ’, आचार्यले भने । यस्तै बितरक गोपाल काजी कायस्थले चलचित्रले सुरुवाती व्यापार केहि सुस्त भएता पनि त्यसपछिका दिनमा माउथ पब्लिसिटीको कारण राम्रो भएको बताए । ‘बिदा बाहेकका दिनमा पनि दर्शकको चाप राम्रै छ । मल्टिप्लेक्समा दिवा सो पछीका सम्पूर्ण शो लगभग हाउसफुल झैँ छन् ।’, उनले भने । यस्तै उनले राजधानीमा हलहरु बारे जानकारी दिँदै भने– ‘राजधानीमा फिल्मको हल घटेको छैन, शो मात्र कम भएको छ । फिल्मले क्युएफएक्स अन्तर्गत सिभिल मलमा ६ शो , कुमारीमा ४ शो , छाँया सेन्टरमा ४ शो , लबीम मलमा ४ शो र जय नेपालमा १ शो सहित कुल १९ शो पाएको छ । यसैगरि सिटी सेन्टरमा रहेको बिग मुभिजमा ६ शो , राइजिङ मलमा रहेको क्युज सिनेमामा ३ शो , केएल टावरमा रहेको एफक्युबमा ५ शो , बिजीमलमा रहेको बिएसआर मुभिजमा ४ शो र सुन्धारा स्थित सिने डी सेफमा २ शो पाएको छ ।

शुक्रबार देखी बुधबार सम्म
राजधानीः रु. ३ करोड २५ लाख
मोफसलः रु. २ करोड ३७ लाख

यस्तै राजधानी बाहिरपनि चलचित्रले कलेक्सन राम्रो गर्दै गएको बितरक बिक्रम पराजुलीले बताए । ‘चलचित्रको कलेक्सन र अडियन्स प्रतिक्रया बुझ्दा यसले आउदा दिनमा अझै राम्रो व्यापार गर्ने संकेत देखाएको छ । चलचित्र दोस्रो सातामा पनि ५० बढी हलमा प्रदर्शन हुदैछ ।’, पराजुलीले भने ।

कलेक्सन सार्वजनिक गरिने क्रममा फिल्मका निर्माता तथा कलाकार हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा र निर्देशक प्रदीप भट्टराई उपस्थित थिए । चलचित्रलाई ‘जात्रा’ निर्देशक प्रदीपको यो दोस्रो चलचित्र हो । चलचित्रलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको हो । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ ।

पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।