
<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> गायक बद्री पंगेनी लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय समितिका अध्यक्ष हुन् । उनले लोकदोहोरीबाटै राज्यलाई बेलाबखतमा घच्चाउँदै आएका हुन्छन् । राष्ट्रिय गीतदेखि राजनीतिक पार्टीको गीतसमेत गाउँदै आएका बद्री एमाले निकट मानिन्छन् ।</p><p style="text-align: justify; ">राजनीतिमा सक्रिए देखिँदै आएका ब्रद्रीले कुनै पनि नेतालाई बधाई नदिने बताएका छन् । उनले शनिबार रिपोर्टर क्लबको २०औं वार्षिक समारोहमा बोल्दै शीर्ष नेतादेखि मन्त्री कसैलाई बधाई नदिने अडान लिएको बताए । ‘मैले कुनै पनि नेतालाई बधाई दिन्न, चाहे प्रधानमन्त्री अथवा अन्य मन्त्री, जबसम्म बोलेका कुरा पूरा गर्नुहुन्छ उहाँहरूलाई बधाई होइन शुभकामना मात्र दिनेहो, जहिले बोलेका काम पूरा गर्नुहुन्छ तैलेमात्र बधाई’, उनले भने । समारोहमा नेकपा माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकैअगाडि बद्री भन्छन्, ‘मैले प्रचण्ड जीलाई पनि बधाई दिन्न, देशको विकासलाई जति पनि बोल्दै आउनुभएको छ ती कुरा जहिलेसम्म पूरा गर्नुहुन्छ त्यो दिनसम्म बधाई दिने होइन शुभकामना मात्र हो ।’ बद्रीले रिपोर्टस् क्लबका अध्यक्ष ऋषि धमला जसरी नै सबै पत्रकार सक्रिए भएर लाग्नेहो भने मुलुकमा पत्रकारिताले ठूलो फड्को मार्ने बताए ।</p>