‘कादम्वीनि’ बन्दै आशा

चैत, काठमाडौं ।

नेपाली कलाकारिता क्षेत्रमा संघर्षरत आशा भुसाल चलचित्र क्षेत्रमा पनि एकपछि अर्को गर्दै पाइला चालिरहेकी छिन् । ‘दुस्मनी’ चलचित्रबाट करिअर अघि बढाएकी सिन्धुलीकी आशाको ‘सुनपानी’ चलचित्रमा गरेको अभिनयले केहि तारिफ पाउन सफल भएको थियो । आधा दर्जन बढी चलचित्र र तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी उनले अब नयाँ चलचित्रमा काम गर्दैछिन् । ‘कादम्वीनी’ नामक चलचित्रमा उनले अभिनय गर्ने भएकी छिन् । ‘विवि फुयालको निर्देशनमा यो चलचित्रको अहिले वर्कसप भइरहेको छ, छिट्टै छायाँकनमा जादै छ’, आशाले भनिन् ।

विरेन्द्र हमालसँग अभिनय र निशा शाहसँग नृत्य सिकेर यो क्षेत्रमा पाइला चालेकी आशाले केहि स्टेज प्रोग्रामहरु समेत गरेकी छिन् । नाटकमा समेत त्यतिकै रुची राखेर अभिनय गर्ने उनी अबको यात्रा भने नेपाली चलचित्र रहेको बताउँछिन् । नेपाली कला क्षेत्रमा नै आफूलाई पूर्ण रुपमा समर्पित गरेकी आशाले यस क्षेत्रमै नयाँ नयाँ क्रिएशन दिने दाबी गर्छिन् । कथाले माग्यो भने जस्तो पनि सिन दिन तयार छु भन्ने नायिकाहरु छन् नि तपाईं नि ? भन्ने प्रश्नमा उनी भन्छिन् ‘कथाले माग्यो भन्दैमा असम्भव सिन दिने हैन मिल्नेसम्म सिन दिन्छु, फेरि नाङ्गीन पर्छ भन्दिन कथाले’, भन्छिन् । परिवारको सर्पोटले आफू यो क्षेत्रमा राम्रो गर्न सकेको बताउने उनी जस्तो सुकै अभिनय गर्न सक्ने क्षमता आफूमा रहेको दाबी गर्छिन् ।

नायिका हुनका लागि अभियन, नृत्य, शिक्षा हुन जरुरी भएको भन्दै उनले आफूमा यी सबै गुण भएको बताइन् ।