चौथो राष्ट्रिय अर्ना दोहोरी गीत प्रतियोगीताः नगरकोट दोहोरी साँझ प्रथम

चैत, काठमाडौं ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा सम्पन्न ‘चौथो राष्ट्रिय अर्ना दोहोरी गीत प्रतियोगीता २०७४’को उपाधि नगरकोट दोहोरी साँझले जितेको छ । समूहमा डिला वि.क. र राजु केसी थिए । चैत्र १३ देखि १७ सम्म चलेको प्रतियोगीतामा ४० टीमको सहभागीता रहेको थियो । अघिल्लो बर्षसम्म अन्तरदोहोरी साँझ चलेको प्रतियोगीता यो बर्ष देखि खुला गरिएको थियो । तेस्रो संस्करणमा ३२ वटा दोहोरी साँझले प्रतियोगीतामा भाग लिएका थिए ।

प्रतियोगीतामा बविता बानियाँ (जेरी) र अर्जुन खड्का रहेको गामबेशी दोहोरी साँझ द्धितीय भएको छ भने पृथ्वी ईन्टरटेनमेन्ट तृतीय भएको छ । सो समूहमा रविन लामिछाने र शोभा कार्की रहेका थिए । प्रतियोगीताको तेस्रो संस्करणमा उपाधि चुमेका रविन लामिछानेको समूह यो बर्ष तृतीय स्थानमा खुम्चन पुग्यो । उद्यपी, रविन उत्कृष्ट दोहोरी गायक भए । प्रतियोगीतामा भिम पौडेल र मिना बुढाथोकी रहेको राजधानी दोहोरी साँझ सान्त्वना भएको छ । रविन संगै प्रकाश पराजुली पनि उत्कृष्ट दोहोरी गायक घोषित भए भने मिना बुढाथोकी र कल्पना दाहाल उत्कृष्ट दोहोरी गायिका घोषित भए । अनुसाशित समूह लोक दोहोरी गीत प्रतिष्ठान काठमाण्डौ जिल्ला शाखा घोषित भयो ।

प्रतियोगीतामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः एक लाख ५१ हजार एक सय र शिल्ड, एक लाख एक हजार एक सय , ५७ हजार ७ सय ७७ र २७ हजार ७ सय ७७ नगदको साथमा प्रमाणपत्र प्रदान गरिएको छ । उत्कृष्ट दोहोरी गायकगायिकालाई प्रतिव्यक्ति ९९९९ रुपैयाको साथमा प्रमाणपत्र र अनुशासित समूहलाई नगद १५ हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।