र्‍याड स्टुडियोको ‘भन सानु’मा अलिशा र निराजन (भिडियो)

...

<pre style="text-align: justify; "><b>चैत, काठमाण्डौ । </b></pre><p style="text-align: justify; ">अष्ट्रेलियामा रहेका चार जना नेपाली संगीतकर्मीहरूको ब्याण्ड&nbsp; ‘र्‍याड स्टुडियो’ एउटा रमाइलो गीतको म्युजिक भिडियो लिएर श्रोता तथा दर्शकमाझ फेरि आएको छ ।&nbsp;</p><p style="text-align: justify; ">‘भन सानु’ शीर्षकको यो भिडियोको छायाङ्कन नेपालमै गरिएको छ । प्रविण श्रेष्ठद्वारा निर्देशित यो भिडियोमा अलिशा राई र निराजन प्रधानको अभिनय हेर्न पाइन्छ । ठमेल बजारबाट चर्चीत भएकी अलीशा राई फेरि एकपटक ठमेल बजारकै गीतकार एकतारेको शब्दमा अभिनय गरेकी छिन् । प्रोफेसनल भीसा ईजुकेसन एन्ड सर्भिसेजको प्रस्तुती रहेको सो गीतलाई&nbsp; ‘र्‍याड स्टुडियो’ नै संगीतबद्ध गरेको छ ।</p><p style="text-align: justify; ">सन् २०१४ मा सिड्नीमा बसोबास गरिरहेका नेपाली युवा संगीतकर्मीहरुले स्थापना गरेको र्‍याड स्टुडियोमा राजेश घिमिरे (भोकल तथा बास गिटार), अनुज श्रेष्ठ (ड्रम तथा पार्कुसन), धर्मेन्द्र माली (गिटार) तथा सरोज परियार (किबोर्ड तथा भोकल) आवद्ध छन् । र्‍याडस्टुडियो&nbsp; एउटा प्रोडक्सन हाउस हो । त्यही हाउसलाई प्रतिनिधित्व गर्दै युवाहरुले सो नामबाट ब्याण्ड स्थापना गरेका हुन् । ब्याण्डले यसअघि पहिलो गीत ‘तिमी भित्र…’ र ‘आयो रे आयो’ सार्वजनिक गरेर श्रोताको मन जितिसकेको छ ।</p><p style="text-align: justify; ">व्याण्डका संगीतकर्मीहरुले आफू विदेशमा रहे पनि नेपाली मौलिक सँस्कृतिलाई संगीतको माध्यमबाट प्रस्तुत गर्ने जमर्को गरिरहेको छ । ब्याण्डका गायक राजेश घिमिरे भन्छन्, ‘हामीले हाम्रो ब्याण्डको शीर्षक हामी चार जना संगीतकर्मीहरुको नामको पहिलो अक्षरबाट गरेका छौं, यो पनि एक प्रकारको प्रयोग नै हो ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/_qoZrUlVlE8" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>