गोपिकृष्ण चापागाईं/ चैत, काठमाडौं ।

बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पत्नी यशोदा सुबेदी श्रेष्ठको ६७ बर्षको उमेरमा निधन भएको छ । बिगत पाँचबर्ष देखी आन्द्रा र फोक्सोको क्यान्सरबाट पिडित उनको गएराती पौने ११ बजे ललितपुर हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा निधन भएको हो । बि.स. २०३० सालमा बैबाहिक बन्धनमा बाधिएको यो जोडीको अन्तरजातीय बिवाह भएको हो । परिवारको अनुमति बिनै प्रेम विवाह गरेको यो जोडीलाई दुबैपक्षको परिवारले विवाह पछि पनि लामोसमयसम्म स्विकारेको थिएन ।

आर्यघाटमा थामिएनन् आँशु

मंगलबार बिहान यशोदाको अन्त्येष्टि पशुपति आर्यघाटमा गरियो । सयौं कलाकर्मिहरुको उपस्थिती रहेको आर्यघाटमा कसैका आँशु थामिएका थिएनन् । पति मदनकृण्णलाई सहकर्मि हरिवंश आचार्यले सम्हाल्ने प्रयास गरिरहेका थिए । छोरा यमन श्रेष्ठ पनि भावबिहोल थिए । यशोदालाई छोरा यमनले दागबत्ति दिएका थिए । अन्तिम श्रृद्धाञ्जली दिन पुगेका कलाकारहरु सबैको आँखा रसाएका थिए ।

सञ्चयकोषले जुराएको जोडी

मदनकृष्ण र यशोदाको प्रेम बि.स. २०२६ सालदेखि शुरु भएको थियो । त्यतिबेला मदनकृष्ण महेन्द्ररत्न क्याम्पसमा आइकम पढ्थे भने यशोदा रत्नराज्यमा आइए गरिरहेकी थिइन् । मदनकृष्णले संचयकोषमा काम गर्दैगर्दा यशोदा पनि सोहि कार्यालयमा काम गर्न पुगेकी थिइन् । संयोगले उनीहरु कार्यालयको एकै कोठामा कामगर्न पुगे । एकै कार्यालयको एकै कोठामा काम गर्ने भएपछि पनि एकअर्कामा बढी घुलमिल भए । एक वर्षको अन्तरमा उनीहरूबीच धेरै कुरा मिल्यो । मदनकृष्ण कार्यालयमा ठट्टा गरिरहन्थे जसको प्रभाव यशोदालाई पर्ने गरेको थियो । यही समयमा मदन र यशोदाबीच मायाँ प्रेम भित्रभित्रै झाँगीसकेको थियो ।

मदनकृष्णलाई जीवनमा सबैभन्दा बढी मन परेकी पहिली युवती थिइन् यशोदा । उनले यशोदासँग हुँदा कसरी हुन्छ उनलाई खुसी बनाउने उपाय खोज्थे । कार्यालयमा सँगै काम गर्ने भएपछी कहिले काही एक जनाको अनुपस्थिति हुन्थ्यो भने अर्कोलाई छटपटि हुन्थ्यो । दिन काट्न अफ्ट्यारो हुन्थ्यो । त्यहि क्रममा अब उनीहरुको प्रेम कार्यालयमा मात्र सिमित नभई समय अनुकुल पारेर बाहिर पनि हुन थाल्यो । जति बेलासम्म यी दुई जोडी एकअर्कामा बसिसकेका थिए ।

चार बर्षको प्रेम पछी उनीहरुबीच विवाह भयो । २०३० सालमा उनीहरुले अन्तरजातीय प्रेम विवाह गरेका थिए । दुबैपरिवारले अस्विकार गरेपछि उनीहरु आफुखुसी बिवाह गरेका हुन् । मदनकृष्ण नेवार परिवार र यशोदा बाहुन परिवारकी छोरी थिइन् । एकअर्काको परिवार नमान्ने निश्चित भएकाले उनीहरुले सुटुक्क विवाह गर्ने निधो गरेका थिए ।

मदनकृष्णका पिता रामकृष्ण जीतपुरफेदी गाउँमा प्रधानपञ्च थिए । आफै मुद्धा मिलाउने बुबाले अन्तरजातीय विवाहको लागि कुनै पनि हालतमा स्वीकृति दिन्थेनन् । त्यसैले मदनले कसैलाई थाहा पनि नदिई विवाहको तयारी गरे । विवाहको सामान किन्न मदन असनमा गए । त्यहीबेला उनको फुपुको छोरा भेट भयो । उनले सोधे ’केको लागि किनमेल ? मदनले सोझो जवाफ दिएनन् ( ’भोलि अफिसबाट पिकनिकका लागि गोदावरी जान लागेको त्यसैले सामान किनमेल गर्न आएको’ भन्ने जवाफ दिए । तर फुपुको छोरालाई उनले सुटुक्क विवाह गर्न लागेको कुरा थाहा भईसकेको थियो । फुपुको छोराले भने– ‘पिकनिक होइन । विवाहका लागि सामान किन्दै छौ । घरमा बुबालाई पनि यो कुरा थाहा भइसक्यो ।’ फुपुको कुराले मदन अचम्मित बने । सुटुक्क गर्न लागेको विवाह बारे घरमा थाहा पाएको भने पछी उनि कालोनिलो भए । जब घरमा आफूले विवाह गर्न लागेको कुरा थाहा भएको बारे फुपुको छोरा मार्फत सुने तब मदनलाई घर जाने आँट आएन । घर जान नपाए पछी उनले एउटा साथीको सर्ट र अर्को साथीको टाइ लगाएर सूर्य्विनायकमा गएर विवाह गरेँ ।

विवाह पछि उनीहरु न्युरोडमा डेरा गरि बस्न थाले । अन्तरजातीय विवाह गरेकाले त्यतिबेलाको समाजले उनीहरुलाई अपराधी झैं मान्थे । केहि हप्ता उनीहरुको जोडी घर गएन । तर केहि हप्ता पछी मदनको बुबाले घरमा बोलाए पछी मदन पट्टिको घर परिवार मिल्यो तर यशोदा पट्टिको घर परिवार अझै उनीहरुको सम्वन्धसँग रुष्ट थियो । सामाजिक रुपमा यशोदाको बुबा घृणित थिए । कारण थियो छोरीको अन्तरजातीय विवाह । विवाह गरेको ६ महिना पछि यशोदाको बुबाको मृत्यु भयो । अन्तिम क्षेणमा बुबा भेट्न भन्दै गएकी उनले आफ्नो बुबाको जिउँदो अनुहार हेर्न पाइनन् । सबै मान्छेले अन्तरजातीय विवाहकै कारण वुवाको मृत्यु भएको भन्दै उनैलाई दोष दिन्थे । बुबाको मृत्यु भएको केहि समयपछी आमाले यशोदालाई माइतीमा बोलाइन् । तर दाजु भाउजुको घरमा भने यशोदाले विवाह गरेको झन्डै डेढ दशक पछी मात्र पाइला टेकेकी थिइन् ।

(हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)

यशोदाको अत्येष्टि भिडियोमा