भदौ २४, काठमाडौं । कमलादी प्रज्ञाभवनमा ‘तितेजिरे मेरीबास्सै गाईजात्रा महोत्सव २०७२’ जारी छ । यदि भदौ २६ गतेसम्म चल्ने महोत्सवमा हाँस्य कलाकारहरुले आफ्नो बिशेष प्रस्तुती देखाईरहेका छन् । नेपालका चर्चित कलाकारहरुको प्रस्तुती रहेको सो महोत्सवमा पछिल्लो समय सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको बिषय चर्चामा छ । डिभी पिआरधारी सरकारी कर्मचारीको सातो लगेका लालबाबुले यतिखेर प्रज्ञाभवन भित्रका दर्शकहरुलाई निकै हँसाएका छन् । सक्कली लालबाबुले सरकारी कर्मचारीको सातो लगेका छन् भने नक्कली लालबाबुले त्यहि बिषयलाई समातेर दर्शक हँसाईरहेका छन् ।
क्यारिकेचर किंग मानिने हाँस्य कलाकार मनोज गजुरेलले यतिखेर मन्त्रि लालबाबु पण्डितको क्यारिकेचर गरीरहेका छन् । यसपालीको गाईजात्रा महोत्सवमा बिशेष प्रस्तुती बनेको लालबाबुको क्यारिकेचरले निकै चर्चा पाईरहेको छ । यससँगै मन्त्री लालबाबु पण्डितपनि आफ्नो क्यारिकेचर हेर्न प्रज्ञाभवन पुगेका छन् । मन्त्री पण्डितले आफ्नो डुब्लिकेटलाई भेटेर अंकमाल गरेका छन् । साथै उनले हाँस्य कलाकारहरुलाई गाईजात्रा निकै उत्कृष्ट रहेको भन्दै शुभकामना समेत दिए ।
नक्कली र सक्कली लालबाबुको भेट यस्तो रह्यो, हेरौं भिडियोमा ।