चैत, काठमाडौं ।

चलचित्र ‘हैरान’को पहिलो पोष्टर सार्वजनिक गरिएको छ । रंगपत्रकार शान्तिप्रिय, वरिष्ठ कलाकार सरोज खनाल र चलचित्र टिमले संयुक्त रुपमा पोष्टर सार्वजनिक गरेका थिए । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुबेदी श्रेष्ठको निधन प्रति शोक व्यक्त गर्दै सुरु गरिएको कार्यक्रममा चलचित्रका कलाकारहरु सरोज खनालसँगै सत्यराज आचार्य, गजित विष्ट, सागर लम्साल ‘बले’ , निश्मा घिमिरे, निर्मल शर्मा, आरोही शर्मा, एन्जल राई , पुस्कर रेग्मी लगायत उपस्थित थिए ।

कार्यक्रममा बोल्दै निर्देशक बिष्टले यसपटक सस्पेन्स, थ्रिलर चलचित्र बनाउने कोसिस गरेको बताए । ‘मलाइ टेक्निकल निर्देशकको रुपमा अंकल गम्भीरले सहयोग गर्नु भएको छ । फिल्मको कथा सुहाउदो पात्र छनोट गरेका छौ ।’, उनले भने । यस्तै कलाकार सरोज खनालले चलचित्रको कथाबस्तुले आफुलाई तानेको बताए । अन्य चलचित्रमा भन्दा फरक बिषयबस्तु भएकोले पनि इच्छुक भएको बताए । ‘फिल्मको कथा रमाइलो बनेको छ , साथै टिमले राम्रो बनाउने कोसिस गरेका छौ । यसमा अघिल्ला फिल्म भन्दा केहि फरक नै छ । पोष्टरमा पनि हामी चरित्र अनुसार नै आफुलाई प्रस्तुत गरेका छौ ।’, खनालले भने ।

चलचित्रमा बुद्धि तामाङ, वसिम राजाको पनि अभिनय रहेको छ । विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार चलचित्रलाई कमेडी जनरमा तयार पारिएको छ । डेब्यु चलचित्र ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो चलचित्र लियर आउने तयारी गरिरहेका छन् । अघिल्लो चलचित्रमा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा गीत लेख्नसँगै यसको कास्टिङ निर्देशन शान्तिप्रियले गरेका हुन् ।

डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । चलचित्रमा नवराज उप्रेती र निरज कडेलको छायाँकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन छ ।