हलमा आएन ‘हिरोज’, नयाँ मिति तय गरिने

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> आज (शुक्रबार) बाट प्रदर्शन हुने भनिएको चलचित्र ‘हिरोज’ले नयाँ मिति तय गर्ने भएको छ । अन्य चलचित्रले नै हलमा दर्शक भरिरहेको बेला ‘हिरोज’ले हल पाउन नसक्दा प्रदर्शन नगरिएको हो । अब चलचित्र निर्माण टीमले प्रदर्शनका लागी नयाँ मिति तय गर्ने छ ।&nbsp;</p><p style="text-align: justify; ">आजबाट शिशिर राणा निर्देशीत चलचित्र ‘तिमी सँग’ प्रदर्शनमा आएको छ भने यो भन्दा अघि चैत ९ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘शत्रु गते’ले अझैपनि हल पाइरहेको छ । यससँगै बलिउडको ‘बागी २’मा पनि दर्शक छन् । आजैबाट अर्को बलिउड चलचित्र ‘ब्ल्याक मेल’ प्रदर्शनमा आएको छ ।</p><p style="text-align: justify; ">अर्को साताबाट नेपाली चलचित्र ‘नेप्ट’ र ‘लिलिबिली’ पनि प्रदर्शनमा आउँदैछन् । यसकारण पनि चलचित्र ‘हिरोज’ले आउने सातापनि प्रदर्शन गर्नसक्ने सम्भावना देखिदैन । ‘हिरोज’ एनबि महर्जनले निर्देशन गरेका हुन् भने पुर्णिमा लामाको लगानी छ । चलचित्रमा नायिका करिश्मा मानन्धर, मुकेश ढकाल लगायतको अभिनय छ ।&nbsp;</p>