नेता माधव कुमार र नारायणकाजीले हेरे ‘शत्रुगते’

चैत, काठमाडौं ।

गएको चैत ९ गतेबाट प्रदर्शनरत चलचित्र ‘शत्रु गते’  सफलतापुर्वक प्रदर्शन भईरहेको छ । तेस्रो सातासम्म पुग्दापनि दर्शकको संख्या घटेका छैनन् भने अहिलेसम्म ८ करोड बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ ।

गीतसंगीत, ट्रेलर र स्टारकास्टको कारण चर्चामा आएको यो चलचित्रलाई पुर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले हेरेका छन् । राजधानी स्थित बागबजारमा रहेको सिटी म्याक्स हलमा उनीहरुसँगै एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईं , बेदुराम भुषाल, एमाले केन्द्रिय विभाग सदस्य रामेश्वर श्रेष्ठले हेरेका हुन् । फिल्म हेरिसकेपछी सबैले फिल्मले भरपुर मनोरंजन दिएको बताएका छन् ।

चलचित्र हेरिसकेपछि नेता माधवकुमार नेपालले युवासँगै बृद्ध सम्मका दर्शकलाई हलसम्म तान्ने फर्मुला शत्रुगतेमा भएको बताए । ‘यसमा समाजको विकृति विसंगति देखिएको छ भने त्यसको परिणाम र त्यसलाई निर्मुल पार्ने उपाए पनि छ । फिल्मको बारेमा पहिला देखि नै सुनेको थिए , तर शत्रु गते हो कि १७ गते हो भन्ने कन्फ्युज थिए । पछी नाम किन यस्तो भन्ने पनि लागेको थियो तर फिल्म हेरेपछि सबै प्रस्टिए ।’, नेपालले भने । यस्तै नेता नारायणकाजी श्रेष्ठले चलचित्र मनोरन्जनात्मक बनेको प्रतिक्रिया दिए । ‘ चलचित्रमा सामाजिक यथार्थलाइ पनि देखाइएको छ । समाजमा देखा परेका कुरुतीलाई हटाउने संदेश पनि यसमा छ ।’, श्रेष्ठले भने ।

चलचित्र प्रदीप भट्टाराईले निर्देशन गरेका हुन् । ‘फिल्म रिलिजको समयमा एसईई लगायतका धेरै परिक्षा थियो, त्यसैले त्यसबेला फिल्म हेर्न नपाएका दर्शक यतिबेला हल आइरहनु भएको छ’ निर्देशक भट्टराई भन्छन् ‘फिल्मलाइ दर्शकले रुचाउनु भएको यो नै हाम्रो सफलता हो ।’ फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की , आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल, रमेश रंजन झा लगायतको अभिनय रहेको छ ।

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , स्व.यसोदा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

तस्वीर-आर्यन बिमली