चैत, काठमाडौ ।

गायक रोशन राईको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘आज केभो मलाई’ बोलको गीतमा राईको स्वरसँगै, गीतकार भुपाल चाम्लिङको शब्द तथा संगीतकार विक्रम राईको संगीत छ । गीतको भिडियोमा मोडल रोहनी लामा र समिर राई फिचरिङ छन् । भिडियो गोदावरी आसपासमा सुटिङ गरिएको म्युजी भिडियोका निर्देशक तथा रंग पत्रकार बिशाल राईले जानकारी दिए । ‘हामीले भिडियोलाई राम्रो बनाउनका लागी कुनै कसुर बाँकी राखेका छैनौं, गोदावरी आसपासका सुन्दर दृश्यहरु भिडियोमा देख्न सकिन्छ’ निर्देशक राईले भने । भिडियोमा एक छुटेको जोडी भेट्दा पुराना दिनहरुलाई यादमा उतारिएको राई बताउँछन् । भिडियोमा रार्यले सिनेमाटोग्राफीको काम समेत गरेका छन् ।

विशाल चौतारी मिडिया प्रा.लि.बाट सार्वजनिक भएको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् । मेकअप तायाहाङ्मा राईको रहेको छ, भने यस गीतलाई फनिन्द्र राईले एरेञ्ज गरेका हुन् ।

video: