निसन्तानको कथामा बन्ने भयो ‘प्रसाद’, नम्रता–बिपिनको जोडी बाधिने

चैत, काठमाडौं ।

दिनेश राउत निर्देशकी नयाँ चलचित्र ‘प्रसाद’ बन्ने भएको छ । अभिनेता बिपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठलाई जोडी बनाएर चलचित्र निर्माण गर्न लागिएको सोमबार राजधानीमा आयोजीत कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा चलचित्र निर्माणको घोषणा सँगै ‘थेम’ पोष्टर सार्वजनिक गरियो । कार्यक्रममा चलचित्रको टीम चिनाइएको थियो ।

सुभाष थापा निर्माता रहेको यो चलचित्रको कथा रंग पत्रकार सुशील पौडेलले लेखेका हुन् । कार्यक्रममा बोल्दै निर्देशक राउतले भिन्न कथामा चलचित्र निर्माण गर्न लागेको बताए । प्रेम कथाको चलचित्र धेरै बनाउँदै आएको अनुभवसँग प्रेमसँगै चलचित्रमा पारिवारिक द्धन्द्ध देख्न पाइने उनले बताए । ‘यो भन्दा अघि प्रेमकथाका चलचित्र हेर्दै आउनुभएका दर्शकका लागी त्यस्तो पुरै फरक नै छत भन्दिन तर फरक कथामा प्रेमसँगै पारिवारीक द्धन्द्ध पाउनुहुनेछ’, निर्देशक राउतले भने । यस्तै उनले निसन्तान परिवारको कथामा चलचित्र घुम्ने बताए । चलचित्रमा रुवाउने र हँसाउने कम हुनसक्ने उनको भनाई छ । ‘चलचित्रले रुवाउने र हँसाउने नगरेपनि केहि सोच्नभने बाध्य बनाउँछ’, उनी भन्छन् ।

अभिनेत्री नम्रताले आफुँ बिवाहित महिलाको भूमिकामा चलचित्रमा देखिने बताइन् । उनले बिगत १ बर्षदेखीनै यस चलचित्रको टीमसँग गाँसिएको र कथा निकै मन परेकोले इच्छुक भएको बताइन् । यस्तै अभिनेता बिपिनले राम्रो चलचित्र निर्माण गर्ने टीमसँग आफुले काम गर्न पाउँदा खुसी लागेको बताए ।

चलचित्रलाई राजेश श्रेष्ठले खिच्नेछन् भने सुभाष थापा यो चलचित्रको निर्माता हुन् । चलचित्रमा नवीन मानन्धरको पनि प्रमुख भूमिका छ । कोशिस क्षेत्री र सुवास भुषालको चलचित्र संगीत रहनेछ ।  चलचित्र टीम आउँदो बैशाखको अन्तिमसाताबाट छायांकनमा निस्कने बताइयो ।