६ बालबालिकालाई ‘नई पुरस्कार’

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नइ प्रकाशनले ६ जना बालबालिकालाई नई पुरस्कार दिने भएको छ । आ–आफ्नो विधामा प्रतिष्ठा आर्जन गर्ने पाँच वर्षदेखि १५ वर्षसम्मका ६ बालबालिकालाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको हो । पुरस्कृत हुनेमा रिहना भट्टराई (बहुआयामिक), एञ्जेलिना न्यौपाने (साहित्य) र स्वन्ति श्रेष्ठ (गायन तथा नृत्य) रहेका छन् । ताम्रपत्रसहित ती पुरस्कारका राशि जनही रु. दश हजार हुनेछन् ।&nbsp;</p><p style="text-align: justify; ">यसैगरी ‘नइ कोपिला पुरस्कार’ नृत्यमा सगुन श्रेष्ठ र गायनमा रुनिषा सुनुवारलाई समर्पण गर्ने निर्णय भएको छ । ताम्रपत्रसहित ती पुरस्कारका राशि जनही रु सात हजार हुनेछ । ताम्रपत्रसहित रु पाँच हजार राशिको ‘नइ चिचिला पुरस्कार’ भने पाँच वर्षीया स्निग्धा देवकोटालाई दिइने प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो । वाङ्यम शताब्दी पुरुष सत्यमोहन जोशीको ९९ औंँ जन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते ती पुस्कार समर्पण गरिनेछ । नइ प्रकाशनका २८ पुरस्कारमध्ये यस वर्ष २२ राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतिभालाई नइ पुरस्कार समर्पण गरिने छ ।</p><div style="text-align: justify; "><br></div>