चैत, काठमाडौं ।

पछिल्लो समय नेपालमा गायन रियालिटी शो आयोजनाहरु एकपछि अर्को गर्दै भइरहेका छन् । गतबर्ष ‘नेपाल आइडल’ देशभरीनै गायकक्षेत्रमा रुचिभएकाहरुलाई ठुलो अवसरको रुपमा आयो त्यसलगत्तै अहिले नेपाल आइडलकै दोस्रो संस्करण शुरु भइसकेको छ भने अर्को आयोजकले ‘द भ्वाइस’ रियालिटी शो शुरु गर्न लागेको छ । यस्तै नृत्यक्षेत्रमा रुचि राख्नेहरुका लागी पनि बिभिन्न रियालिटी शो आयोजना भएका छन् ।

यस्तै संगीत फिल्मस् को आयोजनामा गतबर्षबाट शुरु भउको ‘संगीत स्टार’ यसबर्षपनि शुरु भएको छ, जुन गायन तथा नृत्य विधामा भविष्य खोज्नेहरुका लागी लक्षित छ । ‘संगीत स्टार २०१८’कोे केहि जिल्लामा अडिसन समेत सम्पन्न भईसकेको छ ।

लुकेर रहेका क्षमतावान प्रतिभाहरुलाई ‘पर्फेक्ट आर्टिस्ट’ बनाउने उद्देश्यका साथ संगीत स्टारको दोश्रो संस्करण सुरु गरेको कार्यक्रम निर्देशक संगीत बस्यालले बताए । जस अन्तर्गत पुर्वी नेपालको बिराटनगर, ईटहरीसँगै चितवन, हेटौँडा लगायतका ठाउँमा पहिलो चरणको अडिसन सम्पन्न भईसकेको छ । देशमा मुख्य मानिने १२ शहरमा अडिसन गर्ने घोषणा सहित सुरु भएको संगीत स्टारको दोश्रो संस्करणमा अब पोखरा, बुटवल, नेपालगञ्ज, बनेपा, सिन्धुली, धनगढी, भैरहवा र काठमाडौँमा अडिसन हुन बाँकी छ । अडिसन हुन बाँकी उल्लेखित स्थानहरुको लागी पनि मिति तय हुने क्रम चलिरहेको बस्यालले बताए ।

४ बर्षदेखि ६५ बर्षको उमेर समुहका जो कोहिले सहभागीता जनाउन सक्ने संगीत स्टारको विभिन्न शहरमा हुने अडिसनबाट पहिलो चरणमा ३० प्रतिभालाई छनोट गर्ने र त्यसपछि एक अर्को शहरसँगको समन्वयमा ३० कै जोडघटाउको आधारमा प्रतिभाहरु छनोट गरिने आयोजकले बताएको छ । यसको बारेमा विस्तृत विवरण संगीत स्टार २०१८ को अफिसियल वेभसाइट र फेसबुक पेज मार्फत प्राप्त गर्न सकिनेछ ।

विजयीलाई २ लाख नगदसँगै स्कुटर र ८ लाख बराबरको कन्ट्रयाक सहित युकेमा हुने ग्राण्ड सांगितिक कार्यक्रममा प्रमुख आकर्षको रुपमा उपस्थित गराउने आयोजकले बताएको छ । नृत्य र गायन दुबै विधामा एकसाथ सुरु भएको अडिसनमा गायनतर्फ संगीतकार रेखा पौडेल र डान्स तर्फ कोरियोग्राफर राजेन्द्र कमल राई मुख्य निर्णायकको रुपमा रहेका छन् ।