
<pre style="text-align: justify; "><b>बैशाख, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">गायिका कविता श्रेष्ठले ‘सम्झाउन खोज्छु यो मन’ नामक गीत सार्वजनिक गरेक िछिन् । नयाँ वर्षलाई लक्षित गर्दै बैशाख १ गते श्रेष्ठले भिडियो सहित गीत युट्युवमार्फत सार्वजनिक गरेकी हुन् । </p><p style="text-align: justify; ">मेलोडियस लभ सङमा गायिका कविता श्रेष्ठ र गायक ओम सुनारको आवाज रहेको छ । गायक स्वयम ओमले गीतमा संगीत भरेका छन् । गायिका श्रेष्ठ आफैले रचना गरेको गीतको भिडियो निकै रोमान्टिक बनेको छ । त्यसो त आश्चर्य जनक कुरा के छ भने स्वयम यी गायक गायिका भिडियोमा समेत देखिएका छन् । मोडलिङ आफ्नो पेशा नभएपनि यसलाई नौलो प्रयोगको रुपमा लिन सकिने ओम र कविताको भनाइ छ । </p><p style="text-align: justify; ">कुलेखानी र चित्लाङमा छायांकन गरिएको भिडियोलाई गायिका कविता आफैले निर्देशन गरेकी हुन् । सिन्धुलीमा जन्मीएकी उनी डेढ वर्ष देखि संगीत क्षेत्रमा क्रियाशिल छिन् । यो अवधिमा दर्जन बढी गीतमा आवाज भरिसकेकी कविता छिट्टै ‘मन’ एल्बमका साथ आउने तयारीमा समेत छिन् । त्यसो त एक दशक देखि संगीत क्षेत्रमा लागेका ओम गायक भन्दा ज्यादा संगीतकारले चिनिन्छन् । उनले २५० भन्दा बढी गीतमा आवाज दिइसकेका छन् । दिव्य सुवेदीले छायांकन गरेको भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन् । </p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/fomCpRr71J4" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>