भदौ २५, काठमाडौं । आउदो साउन १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘वडा नं. ६’ सेन्सर पास भएको छ । नेपालका चर्चित हाँस्य कलाकारहरुले निर्माण गरेको ‘वडा नं. ६’ ले पिजी सर्टिफिकेट पाएको हो । साउन १ गतेबाट प्रदर्शनमा उत्रने सो चलचित्रले राम्रो व्यापार गर्ने अनुमान गरीएको छ । चर्चित कलाकार र कमेडी शैलीको चलचित्र भएकोले पनि ‘वडा नं. ६’ मा दर्शकको उल्लेखनीय उपस्थिती रहनसक्ने अनुमान गरीएको छ ।
चलचित्रमा हाँस्य कलाकार दिपकराज गिरी, दिपा श्री निरौला, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल,सन्दिप क्षेत्री, दयाहांग राईका साथमा नायिका प्रियंका कार्कीलाई पनि देख्नसकिन्छ । केहि समय अघिमात्र रिलिज भएको चलचित्रको ट्रेलरलाई पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । साथै रिलिज २ गितहरुपनि राम्रै चर्चामा छन् । निर्माता दिपकराज गिरी र दिपा श्री निरौलाको टिम चलचित्रको प्रमोशनमा व्यस्त छ । साथै उनीहरुले हलभित्र पसेको साढे दुई घण्टाको समय दर्शकलाई पुर्णरुपमा मनोरञ्जन मिल्ने कुरा बोल्दै आएका छन् ।