बैशाख, काठमाडौं ।

आउँदो जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चङ्गा’ को ‘कम्पनी माला’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ । लोकलयको उक्त गीतमा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटीले संगीत भरेका छन् भने गीत राजेन्द्र थापाले लेखेका हुन् । गीतमा संगीतकार राजनराजले नै स्वर दिएका छन् भने उनलाई अन्जु पन्तले साथ दिएकी छिन् । गीतको भिडियो राजधानीको टोखास्थित भूतखेलमा छायांकन गरिएको हो । गीतको भिडियोमा चलचित्रका सबैजसो मुख्य कलाकार अटाएका छन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको उक्त भिडियोमा सयबढी कोरसको प्रयोग गरिएको छ । किशोर भण्डारी ‘डिट्ठासाब’ निर्देशीत यो चलचित्रमा बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारी मुख्य भूमिकामा छन् ।

गीतको छायांकनको क्रममा निर्देशक भण्डारीले यसगीतबाट ठुलो आशा लिएको बताएका थिए । पछिल्लो समय चलचित्रको बारेमा दर्शकसमक्ष जानकारी पु¥याउने माध्यम पनि गीत बनेकोले गीत निर्माणकै लागी निकै दुख गरेको बताएका थिए । ‘हामीले गीतका लागी थुप्रै खर्च पनि गरिसकेका छौं, गीत राम्रो बनाउनका लागी कुनैपनि कन्जुस्याई छैन’, भण्डारीले भनेका थिए । यस्तै चलचित्रका कार्यकारी निर्माता प्रकु पाण्डेले पनि गीत निर्माणगर्दै जाँदा कोरियोग्राफरले भनेबमोजिमका सामाग्रीको ब्यवस्था गरिदिएको बताएका थिए । उनले चलचित्र हाँस्यशैलीमा निर्माण भएकोले दर्शकले मन पराउनेमा पुर्ण आशावादी रहेको बताए । चलचित्रमा राजनराजसँगै कमल खत्रीको संगीत समावेश छ भने क्यामेरा रविन आचार्यले चलाएका छन् । निर्देशक भण्डारीकै कथा समावेश चलचित्रको निर्मात्री कलाकार समेत रहेकी रेश्मा नै हुन् ।

song video: