
<pre style="text-align: justify; "><b>बैशाख, काठमाडौं । </b></pre><p style="text-align: justify; ">यहि आउँदो बैशाख २१ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारमिा रहेको चलचित्र ‘डमरुको डण्डीबियो’ यसैमितिमा अस्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र टीमले प्रचार अगाडी बढाएको छ । यसैक्रममा भर्खरमात्र नेपालका बिभिन्न ठुला शहरको टुर सकेर फर्किएको छ । पोखरा, बुटवल, नारायणढ र धरान सम्मको एक साताको ठुर पछि यतिखेर टीम राजधानीमा छ । चलचित्रका लेखक तथा अभिनेता खगेन्द्र लामिछाने पनि प्रमोशन टीममा सँगै छन् ।</p><p style="text-align: justify; ">समृद्दी ईन्टरटेनमेन्टको प्रस्तुती रहेको यस फिल्मलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । खगेन्द्रसँगै अभिनेता अनुप बराल, अभिनेत्री मेनुका प्रधान, कलाकारहरु बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा, मिश्री थापा लगायतको यस फिल्ममा अभिनय छ । विनोद गुरुङ र नोर्वु छिरिङ घलेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।</p><p style="text-align: justify; ">राष्ट्रिय खेलबाट समेत हटाइएको डण्डीबियो खेललाई फिल्ममा उठाइएको विषयले यतिबेला दर्शकको ध्यान तानिरहेको छ । डण्डीबियो पारखी एक युवाले उक्त खेललाई पुनस् ब्यूँताउन गरेको संघर्षको कथा रहेको फिल्मको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।</p><p style="text-align: justify; "> </p>