बैशाख, काठमाडौंं ।

हाँस्यं ब्यङ्ग्य क्षेत्रमा बेग्लै पहिचान बनाइसकेका हाँस्य कलाकार मनोज गजुरेल पनि चलचित्रमा देखिने भएका छन् । बिशेषतः टेलिचलचित्र तथा चलचित्रमा नदेखिने र स्टेजबिशेष हाँस्यब्यंग्यमै रमाउने गजुरेल आफुलाई मनपरेको स्क्रिप्ट भएकोले चलचित्रमा कामगर्न लागेको बताए ।

सोमबार बाट चलचित्रको छायांकन शुरु भइसकेको छ । बौद्ध नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिरमा पहिलो दिनको छायांकन गरिएको थियो । चलचित्रमा अर्का हाँस्यकलाकार राजाराम पौडेल गजुरेलको सम्धि बनेका छन् । छायांकनको पहिलो दिन पौडेलले गजुरेललाई माला लगाइदिएर स्वागत गरेका छन् । हाँस्यब्यङग्य र सामाजिक उतरदायि दुवैको मिश्रण भएकाले गजुरेलले चलचित्रमा कामगर्न इच्छुक भएको बताए ।

रामशरण न्यौपानेले निर्देशन गरेको यो चलचित्रमा रामेश्वर कार्कीको छायाँङ्कन रहेको छ । साथै बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य निर्देशन छ भने कल्याण सिंहले चलचित्रमा संगित दिएका छन् । पोखरा र काठमाडौंमा छायाँङ्कन हुने यो चलचित्र रञ्जु प्रधान र उतम खत्रीले निमार्ण गर्न लागेका हुन् । चलचित्रमा अमृत ढुङ्गाना र करुणा श्रेष्ठ मुख्य भुमिकामा रहेका छन् भने अन्य कलाकारहरुमा गजुरेलसँगै रवि डङगोल, रश्मि भटट्, उत्सव न्यौपाने,स ानिया राई लगायतका कलाकारहरुको अभिनय छ ।