बैशाख, काठमाडौं ।

नेपाली सांगीतिक ब्यान्ड ‘मंगोलियन हर्ट’ले आफ्नो रजत जयन्ती मनाउनका लागी च्यारिटी कन्सर्ट आयोजना गर्ने भएको छ । आउँदो शनिबार काठमाडौंको टुसालस्थित ह्यात रिजेन्सीको ग्राउण्डमा कन्सर्ट गर्ने मंगलबार एक कार्यक्रमको आयोजना गर्दै जानकारी दिएको छ । ‘मंगोलियन हर्ट सांगीतिक उत्सव’ नाम दिइएको कार्यक्रममा ब्यान्ड बाहेकका गायक, गायिकाहरुको प्रस्तुति तथा सहभागिता रहने बताइएको छ ।

‘मंगोलियन हर्ट’का गायक राजु लामाले २५ वर्ष लामो यात्रामा माया तथा साथ दिने दर्शक श्रोतालाई धन्यवाद स्वरुप खुला कन्सर्ट आयोजना गर्न लागेको बताए । भने,’थुप्रै सांगीतिक ब्यान्ड उदाएको समयमा हामीले जुन माया पायौं त्यसैले रजत जयन्ती मनाउने अवसर दियो। हाम्रो टिमको संगीत प्रतिको लगाव र मिहेनतमा हौसला थप्ने काम र्गयो ।’

ब्यान्डले ‘उभो उभो खासा म जाँदा’, ‘नतानुँ त तानुँ तानुँ लाग्ने’, ‘बादल पारिको देशबाट’, ‘तिमीलाई देखेर’, ‘मेरो नेपाल’, ‘सायद तिम्रो बाटोमा’, ‘भाईटिका’, ‘गाजलु आँखा’, ‘पर्खाइमा भिझ्यो सिरानी’, ‘हल्ला चलेछ’लगायत गीत गाउनेछन् । शनिबार हुने कार्यक्रमको टिकट मूल्य २५ रुपैयाँ रहेको छ । मंगोलियन हर्टले २०७५ सालमा सामाजिक कार्यका लागि देशका विभिन्न स्थानमा दर्जनभन्दा बढी कन्सर्ट गर्ने योजना समेत रहेको बताए ।