सञ्जय–माधुरी जोडी पुनः पर्दामा

बैशाख, मुम्बई (एजेन्सी) ।

बलिउडका अभिनेता सञ्जय दत्त र अभिनेत्री माधुरी दिक्षितको जोडी एकसमय पर्दामा दर्शकले धेरैनै मन पराएको जोडी हो । सँगै कामगर्दै जाँदा उनीहरुबिचको प्रेमप्रसंग पनि निकै चलेको थियो तर सञ्जय बिवाहित भएकै कारण उनीहरुको प्रेम अगाडी बढ्न सकेन । प्रेमसम्बन्धबाट टाढा भएपछि उनीहरु अहिले २१ बर्षपुग्दा सम्म चलचित्रमा सँगै देखिएनन् ।

उनीहरु १९९७ पछिल्लो पटकमा रिलिज भएका चलचित्र ‘महानता’ मा देखिएका थिए । अब यो जोडीलाई फेरि एकसाथ देख्न पाइने भएको छ । निर्देशक करण जौहरको चलचित्र ‘सिद्दत’ मा उनीहरुले अभिनय गर्ने फाइनल भएको हो ।

यो चलचित्रमा यसअघि श्रीदेवीले अभिनय गर्नेवाली थिइन् । उनको असामयिक निधनपछि माधुरी दिक्षितलाई साइन गरियो । सञ्जय दत्त पहिले नै चलचित्रमा थिए । तर माधुरीको इन्ट्री भएपछि उनले सो चलचित्रबाट हात झिके । तर, निर्देशक जौहरले फकाइफुलाइ गरेर सञ्जयलाई चलचित्र खेल्न राजी गराएका छन् । यो जोडीको पुरानो जादु फेरि फर्किन्छ कि फर्किदैन भन्ने चाहिँ फिल्म रिलिजपछि थाहा हुनेछ । सञ्जय र माधुरीले ‘साजन’, ‘खलनायक’ जस्ता सुपरहिट चलचित्रमा सँगै काम गरेका थिए ।