बैशाख, काठमाडौं ।

यहि आउँदो जेठ ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हैरान’को टिजर सार्वजनिक गरिएको छ । कमेडी जनरामा निर्माण भएको यो चलचित्रको सार्वजनिक दुईमिनेट लामो टिजरमा कमेडीको पाटो बढी फोकस देखिन्छ । साथै टिजरमा पात्र परिचय पनि दिइएको छ ।

चलचित्रमा फरक फरक पात्रको जीवनशैलीलाई देखाइएको छ । कमेडी, एक्सन, विछोड, पीडाको मिश्रणको रुपमा यो चलचित्र तयार भएको निर्माणपक्षले बताएको छ । विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेको यो चलचित्रमा प्रितम पाण्डेको सम्पादन, नवराज उप्रेतीको छायांकन, लेखन तथा कोरियोग्राफी गम्भिर बिष्टको छ । चलचित्रमा मुक्ति घले, श्रृष्टी घिमिरे, डाक्टर वाई एल लामाको लगानी छ । चलचित्रको कार्यकारी निर्माता सम्झना पोख्रेल हुन् । चलचित्रको यसभन्दा अघि शीर्ष गीत सार्वजनिक भइसकेको छ । चलचित्रका सबैजसो कलाकारलाई फिचर गरिएको उक्त गीतमा दर्शकको राम्रो प्रतिक्रिया आएको देख्न सकिन्छ । चलचित्रमा गजित बिष्ट, वुद्दि तामाङ, सत्यराज आचार्य, सरोज खनाल, सागर लम्साल, निश्मा घिमिरे, आरोही शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

Teaser: