निर्माताले मागे सम्झौता बमोजिमको सेयर

बैशाख, काठमाडौं ।

नेपाल चलचित्र निर्माता संघले चलचित्र प्रदर्शक र चलचित्र निर्माताविच वि.सं २०६० सालमा भएको सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न माग गरेको छ । गएको शनिवार राजधानीमा सम्पन्न निर्माताहरुको वृहत भेलाले यस्तो निर्णय गरेको हो ।

वि.सं २०६० सालमा निर्माता संघ र चलचित्र संघविच भएको सहमतीमा चलचित्रको होल्ड ओभर कायम रहँदासम्म निर्माताले ५५ देखि ६० र हलवालाले ४० देखि ४५ प्रतिशत शेयर पाउने सहमती भएको थियो । यदि, होल्ड ओभर नपुगेको खण्डमा निर्माताले ४० देखि ४५ र हल संचालकले ५५ देखि ६० प्रतिशत शेयर पाउँदै आउका थिए । तर, यो सहमती विस्तारै कार्यान्वयन हुन छाडेको र निर्माताहरु पिल्सिन थालेको भन्दै संघले २ बुँदे माग अगाडि सारेको छ ।

संघका महासचिव रोज राणाद्वारा जारी विज्ञप्तीमा भनिएको छ– ‘चलचित्र संघ र निर्माता संघबीच भएको सम्झौतामा काठमाडौं उपत्यका भन्ने शब्दको सट्टा नेपालभरी भन्ने शब्द समावेश गरि अक्षरस कार्यन्वयन गर्नु पर्ने निर्णय गरेको छ ।’ यस्तै, सिनेमा घरमा बजाइने ट्रेलर, पोष्टर, स्थानिय पब्लिसिटी खर्चलगायत अन्य मागहरु चलचित्र संघसँगको छलफलमा गर्न पनि भेलाले निर्णय गरेको छ ।

निर्माताहरुको वृहत भेलाले गरेको मागहरुको कार्यन्वयनका लागि चलचित्र संघसँग सधै वार्ताको ढोका खुल्ला रहेको र यदी जेष्ठ १ गतेसम्म माग पूरा नभए नेपालमा सार्वजनिक प्रदर्शनमा आउने कुनै पनि भाषाका स्वदेशी तथा विदेशी चलचित्रहरुको सार्वजनिक प्रदर्शनमा रोक लगाइने र संघर्षका थप कार्यक्रम तय गर्ने निर्माता संघले चेतावनी समेत दिएको छ ।

समाचार हिमालय टाइम्समा प्रकाशित छ ।