जलजला परियारको नयाँ गीतको सुटिङ सकियो (भिडियो रिपोर्ट सहित)

वैशाख, काठमाडौं ।

दिल्लीमा उपचारार्थ गायिका जलजला परियारको नयाँ गीतको सुटिङ सकिएको छ । ‘चोटै चोटको कहानी’ बोलको गीतको छायांकन आइतबार राजधानीको यु.एन पार्कमा सकिएको हो । गीतमा नारायण परियारको शब्द रहेको छ । गीतको भिडियोमा मोडल शितल केसी, नानु गुरुङ र रक्षा पाण्डेयले अभिनय गरेका छन् । भिडियो शंकर अधिकारी ‘घायल’ले निर्देशन गरेका छन् । सुटिङस्थलमा गायिका जलजलाका मामा गायक जीवन परियार र समाजसेवी अनुपम सापकोटा पनि उपस्थित थिए ।

भिडियोको बिषयमा बोल्दै मोडल शीतलले सेन्टिमेन्टल गीत भएको र भिडियोमा निकै मेहनतका साथ काम गरेको बताए । जलजलाका मामा जीवनले जलजलाको यस गीत जलजला बिरामी हुनुभन्दा अगावै रेकर्ड गरिएको खुलाए । उनले अहिले जलजलाको दिल्लीमा अप्रेशन भइसकेको पनि जानकारी दिए । जलजलाको दुबै मृगौला फेल भएपछि ३५ दिनसम्म टिचिङ अस्पताल काठमाडौंको उपचारपछि अप्रेशनका लागी दिल्ली लगिएको थियो । जीवनका अनुसार जलजलालाई दुईसाता भित्रै नेपाल ल्याइनेछ ।

Video Report: