वैशाख, काठमाडौं ।

दुई नयाँ चलचित्रको घोषणा गरिएको छ । ‘प्रेमालय’ र ‘रुमनी’ नाम दिइएको चलचित्र बिहिबार राजधानीमा एक कार्यक्रमका बिच निर्माण घोषणा गरिएको हो ।

सुवास श्रेष्ठले लगानी गर्ने चलचित्र ‘प्रेमालय’ कुमार साहले निर्देशन गर्दैछन् भने किरण मिक्चेलको कथा रहनेछ । निर्देशक शाहले चलचित्र नेपाल र अस्ट्रेलियामा खिचिने बताए । ‘अर्को महिनाको पहिलो साताबाट प्रेमालयको नेपालको सुटिङ शुरु गर्नेछौं भने त्यसपश्चात अस्ट्रेलियामा सुटिङका लागी जानेछौं’, शाहले भने । चलचित्रमा निराजन प्रधान र मरिश्का पोखरेलको मुख्य भूमिका रहनेछ ।

चलचित्र ‘रुमनी’भने मनोज अधिकारीले निर्देशन गर्नेछन् । मनोजका अनुसार अस्ट्रेलियामा ‘रुमनी’ पछिमात्रै ‘प्रेमालय’को सुटिङ गरिनेछ ।