वैशाख, काठमाडौं ।

राजधानीको माछापोखरीस्थित ‘राजधानी रोधि घर’ले आफ्नो पहिलो बार्षिकोत्सवको अवसरमा बिभिन्न श्रष्टालाई सम्मान गरेको छ । गाक प्रकाश कटुवाल तथा व्यवसायी अर्जुन सेडाइ तथा लगायतको युवासमुहले सञ्चालनमा ल्याएको ‘नेपाली खाना तथा राजधानी रोधि घर’ले गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका नयाँ तथा पुराना श्रष्टालाई सम्मान गरेको हो ।

वरिष्ट गायक बम बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दुईदर्जन बढी श्रष्टा तथा सञ्चारकर्मिलाई सम्मान गरिएको थियो । लोक तथा दोहोरी गीत क्षेत्रका गायक रेशम थापा, नवराज घोरासैनी, खुमन अधिकारी, सुमन परियार, भागिरथ चलाउने, गायिका सर्मिला गुरुङ, सीता थापा, फुलमाया केसी, गायक कृष्ण रेउले, हरिसंकर चौधरी, सिर्जु अधिकारी, गायक बिक्रमजंग साहा, भूमिका गिरी, रिया घले सम्झना लामिछाने, चन्दा अर्याललाई सम्मान गरियो । त्यस्तै हाँस्य कलाकार दमन रुपाखेती, मरिचमान श्रेष्ठ (बल्छिधुर्बे), महादेव त्रिपाठी (जादुगर) पनि सम्मानित भए । कार्यक्रममा नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा लामोसमय देखी कलम चलाउँदै आएको भन्दै आर्टिष्ट खबरकर्मि गोपिकृष्ण चापागाई त्यस्तै नेत्र बहादुर कार्की लगायतका सञ्चारकर्मिहरुलाई पनि सम्मान गरिएको थियो ।

करिब २ करोड लगानीमा गएकोबर्ष देखी सञ्चालनमा आएको यस रोधिघरमा ६५ जनालाई रोजगारी दिइएको सञ्चालक गायक कटुवाल बताउँछन् ।