
<pre style="text-align: justify; "><b>वैशाख, काठमाडौ । </b></pre><p style="text-align: justify; ">चलचित्र ‘कायरा’ मा नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह एकसाथ देखिने भएका छन् । आर्यनको निर्माण र अभिनय रहेको यो चलचित्रले आफ्नो प्रदर्शन मिति पनि तय गरिसकेको छ । बितरक सुनिल मानन्धरका अनुसार चलचित्र आउँदो साउन १८ गतेबाट प्रदर्शन हुनेछ । चलचित्रमा आर्यनको अपोजिट नायिका साम्राज्ञी शाह छिन् । </p><p style="text-align: justify; ">लक्ष्मण रिजालको निर्देशनमा बन्ने यो चलचित्रको छायांकन नेपाल र फिलिपिन्समा गरिएको छ भने निर्माण टीम चलचित्रको पहिलो गीत सार्वजनिक गर्ने तयारीमा जुटेको छ । साम्राज्ञी लण्डन र आर्यन श्रीमतिसँग अष्ट्रेलिया भ्रमणमा रहेका कारण उनीहरु नेपाल फर्किएपछि चलचित्रको पहिलो गीत सार्वजनिक हुने बताइएको छ । </p>