वैशाख, काठमाडौं ।

केहि सातादेखी यता सामाजिक सञ्जालमा झापाका १२ बर्षिय अशोक दर्जि नामगरेका बालक निकै भाईरल छन् । उनमा भएको गायककलाले गर्दा उनलाई रातारात भाईरल बनाइदियो । झापाका सडकपेटीमा गीत गाउँदै दुईचार रुपैया जम्मा गरेर गुजारा चलाउँदै आएका दर्जिले अहिले नयाँ गीत पनि रेकर्ड गराइसकेका छन् । जुन गीत पनि बिगत तीनदिन देखी नेपाली युट्युव ट्रेन्डिङको शीर्षस्थानमा बसिरहेको छ भने २२ लाख भन्दा बढी पटक हेरिसकिएको छ ।

विराज नेपालको शब्द, टंक बुढाथोकीको संगित, स्टुडियो नाईनले बजारमा ल्याएको दर्जीको ‘मन बिनाको धन ठुलोकी धन बिनाको मन’ बोलको उक्त गीतलाई निकै राम्रा प्रतिक्रिया पनि आइरहेका छन् । यसैबिच हामीयहाँ दर्जि भाईरल हुनुका केहि तथ्य केलाउँदै छौं ।

भाईरलको पहिलो तथ्य त उनी भित्रको प्रतिभा हो । उनलाई न गितथाहा छ, न भाव थाहा छ, न मैले के गरेँ भन्ने थाहा । आफुले गाउँदा दुनिया रमाएको देख्ना गीत गाइरहन्छन् । उमेरैले चकचके उनी बल्ल बिद्यालय जान थालेका छन् । रेडियो मोबाईल र टिभिमा बजेका गित सुनेकै भरमा उनले अनेक गितगाए । जुन स्वर हरेकको मनमुटुमा पुगेको छ । यस्तै अर्को तथ्य गीतको शब्द भावलाई लिन सकिन्छ । हरेक संगितकर्मीले आफ्नो रचना उत्कृष्ट होस् भन्ने चाहेकै हुन्छ । बिराज नेपालको शब्दको भाव र सन्देश जतीओझिला छन् त्यसले श्रोताको मर्म समेटेको छ । जुन शब्द अशोकलाई चर्चामा ल्याउन सफल रहे । यस्तै तेस्रो तथ्य बिभिन्न सहयोगी हात हुन् ।

अशोक गाउँघरमा गित गाउँदा गाउँदै हराउथेँ उनलाई भेटाएर स्वर चिनेर झापादेखी काठमाण्डौ ल्याउने, उनलाई अबसर दिने ब्यक्ती संस्था र सहयोगी हात सबैलाई यसको कारण मान्न सकिन्छ । साथै चौथौ तथ्यको बलियो आधार सामाजीक सञ्जाल र संचारमाध्यम हुन् । सामाजीक संजालमा अशोकको विगत देखी वर्तमानको चर्चा परिचर्चा राम्रो भयो । संचारमाध्यमले पनि अशोकलाई र उनको प्रतीभालाई राम्रै स्थानदिए । जसकाकारण रेकडिंङ हुनेबेला देखी नै चर्चामा आईरह्यो ‘धनहुनेको मन ठुलो की मन हुनेको धन’ । यस्तै स्रष्टालाई श्रोतादर्शकको माया पनि अर्को तथ्य हो ।

कुनैपनि स्रष्टाले आफ्नो मेहेनत सिर्जना प्रतिभालाई मुर्त रुप दिएर बजारमा ल्याईसकेपछि पाउने श्रोता, दर्शक र शुभचिन्तकको माया सद्भाव र साथअर्को कारण हो । बालक अशोक दर्जी र टंक बुढाथोकीको स्वर सज्जीत यो गीतको भिडियोलार्य पनि अहिले निकै रुचाइएको छ ।

Video: