गोपिकृष्ण चापागाईं/ जेठ, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा पछिल्लो समय बिकृती आयो भन्नेहरु धेरै छन् । कलाकारहरु लोकसंस्कृति जोगाउन नलागेर युट्युवको म्युज बढाउन तिर लागे भन्ने आरोप निकै सुनिन्छ, तर कुनै कलाकार यस्ता पनि छन् जसले निरन्तर लोकसंस्कृति बचाउने गीत बजारमा ल्याइरहेका छन् । नेपाली लोकगीतको बजारमा लामो समयपछि निकै मर्मस्पर्शि गीत बजारमा आएको छ । गायक प्रकाश सपूतको ‘बोल माया’ बोलको लोकगीतले यतिखेर चौतर्फि तारिफ पाइरहेको छ ।

धन कमाउन बिदेशीनुको पिडा र सास नफर्किएर घरमा लास फर्किदा घरमा रहेकी कलिलै उमेरकी श्रीमतीको पिडालाई गीतको भिडियोमा निकै प्रष्ट तरिकाले देखाइएको छ । जुन अहिले नेपाली युट्युवको ट्रेन्डिङको तेस्रोस्थानमा आइसकेको छ । गीतको पुरा भिडियो हेरुन्जेल धेरैको आँखा नरसाउला भन्न सकिदैन । गीतमा उठाइएको बिषय अझैपनि नेपालका थुप्रै ठाउँमा भएका यर्थाथ घटना हुन् । भिडियोमा गायक प्रकाश सँग सान्ती श्री परियारले स्वर दिएकी छन् । यसमा अन्य गीत जस्तो स्वर दिन पक्कै सजिलो छैन, श्रीमान गुमाउनुको पिडालाई अनुभूति गरेर गीत गाउनुपर्ने हुँदा सान्ती श्रीले पनि निकै तारिफ पाएकी छिन् । गीतमा बरिष्ठ गायक नारायण रायमाझिले पनि स्वर दिएका छन् । गीतमा प्रकाशकै लय तथा शब्द छ भने कमल सौरागले म्युजीक एरेन्ज गरेका छन् ।

भिडियोमा प्रकाशसँगै अन्जली अधिकारीको अभिनय रहेको छ भने देबेन्द्र बब्लु, सिटाएर गन्दर्भ, बिप्लव बिक र खुसी थापाले साथ दिएका छन् । भिडियो प्रकाश आँफैले निर्देशन गरेका हुन् भने करन चैसिर सिनेमाटोग्राफर हुन् । भिडियो सम्पादनको काम प्रविन भट्टले गरेका हुन् ।

प्रकाश सपूत तिनै गायक हुन् जसले केहि महिना अघिमात्रै ‘दोहोरी ब्याटल’ बजारमा ल्याएका थिए । युवापुस्तामा निकै लोकप्रिय बनेको ब्याटल बिधालाई लोकलयमा ढालेर उनले भिडियो सार्वजनिक गरेका थिए जसलाई निकै छोटो समयमा अत्यधिक मन पराइयो । तर उक्त ‘दोहोरी ब्याटल’लाई लोकदोहोरी क्षेत्रकै केहि स्रष्टाहरुले लोकदोहोरी बिगारेको आरोप पनि लगाएका थिए । त्यसपछि केहि तनाबमा रहेका प्रकाशले यस ‘बोल माया’बोलको निकै मर्मस्पर्शि गीत बजारमा ल्याएका हुन् । सायद तिनै बिरोध गर्नेहरुका लागी प्रकाशले मुख थुन्ने काम गरेका हुनसक्छन् ।

Video: