मनाइयो १९ औं चलचित्र पत्रकारिता दिवस

जेठ, काठमाडौं ।

चलचित्र पत्रकार संघ, नेपालले १९ औं चलचित्र पत्रकारिता दिवस भब्यताका साथ मनाएको छ । संघले यसैअवसरमा चार चलचित्र पत्रकार सम्मानीत तथा पुरस्कृत भएका छन् । सोमबार राजधानीमा आयोजीत भब्य कार्यक्रममा संघले दयाराम पाण्डे र ध्रुव लम्साललाई ‘चलचित्र पत्रकार सम्मान २०७५’ र लक्ष्मण सुवेदी र सन्ध्या थापालाई ‘चलचित्र पत्रकारिता पुरस्कार २०७४’ प्रदान ग¥यो । यस्तै, गत वर्षदेखि वितरण गर्न थालिएको ‘प्रोत्साहन पुरस्कार २०७५’ अन्जान दाहाल (मनिष) लाई प्रदान गरियो । अन्जानलाई एक थान ल्यापटप, ताम्रपत्र र ट्रफी सहित दिइयो ।

पुरस्कृत सुवेदी र थापालाई २१ हजार रुपैयाँ समेत प्रदान गरियो । कार्यक्रममा महासविच अनिल यादवले स्वागत मन्तव्य राखे भने अध्यक्ष सन्दिप सापकोटाले संघको कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं कृतज्ञता व्यक्त गरे । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाबाट सम्मानित तथा पुरस्कृत ५ जना चलचित्र पत्रकारलाई सम्मान पत्र हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिपुल पोखरेल, कार्यक्रममा संस्थापक अध्यक्ष भरत शाक्य, पुर्व अध्यक्ष विदुर गिरी, चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेल, चलचित्र संघका अध्यक्ष प्रदीप उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी उपस्थित थिए । कार्यक्रममा हरिवंश आचार्य, करिश्मा मानन्धर, झरना थापा, रमेश उप्रेती, निर्मल शर्मा, रेजिना उप्रेती, केकी अधिकारी, रिमा विश्वकर्मा, बिपिन कार्की, बेनिशा हमाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत, शोभित बस्नेत लगायतको पनि उपस्थिति थियो ।