लघु चलचित्र पुरस्कृत

जेठ, काठमाडौं ।

नेपाली सेनाद्वारा ‘लघु चलचित्र प्रतियोगिता—२०७४’ का उत्कृष्ट लघु चलचित्रलाई पुरस्कृत गरिएको छ । सोमबार आयोजीत कार्यक्रममा प्रमुख अतिथि नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले उत्कृष्ट लघु चलचित्रहरुका साथै ‘सिपाही वार्षिक पत्रिका तथा द शिवपुरी जर्नल’ का उत्कृष्ट लेखकहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा ‘लघु चलचित्र प्रतियोगिता—२०७४’ मा प्रथम हुने संजिव पौडेलकोे लघु चलचित्र ‘अटूट नाता’, द्वितीय हुने शम्भुसेन थापाको लघु चलचित्र ‘त्याग’ र तृतीय हुने प्रद्युम्न मिश्रको लघु चलचित्र ‘ईतिहास निर्माणको यात्रामा’ लाई क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख रुपैयाँ नगद पुरस्कार र प्रशंसा–पत्र प्रदान गरियो । सोही प्रतियोगितामा चौथो हुने विकास लामाको लघु चलचित्र ‘विजेता’ र पाचौं हुने जोन गुरुङको लघु चलचित्र ‘वैशाखी’ लाई सान्त्वना पुरस्कार स्वरुप जनही २५ हजार रुपैया नगद राशी सहित प्रशंसा–पत्र प्रदान गरियो । प्रतियोगीतामा भाग लिएका सम्पुर्ण प्रतियोगीहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।

सोही अवसरमा नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही वार्षिक—२०७४’ तथा ‘द शिवपुरी जर्नल–२०१८’ मा प्रकाशित लेख रचनाहरु मध्ये प्रथम हुने धर्मबहादुर बानियाँ, द्वितीय हुने रन्जीत थापा र तृतीय हुने पदमबहादुर बुढालाई  क्रमशः .५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारका साथै कदर–पत्र प्रदान गरिएको थियो । अन्य ७ जना लेखकहरुलाई सान्त्वना पुरस्कार स्वरुप जनही नगद १० हजार र कदर पत्र प्रदान गरिएको थियो ।