जेठ, काठमाडौं ।

अहिले नेपाली यट्युवको अग्रपक्तिंमा एक नेपाली लोकगीत आएको छ । बिगत तीनदिन देखी ‘बोला मायाँ’ बोलको उक्त लोकगीतलाई निकै रुचाइएको छ । नेपाली मौलिक धुनमा निर्माण भएको उक्त गीतमा नेपालमै भएका यथार्थ घटनाका कथाहरु समावेश गरिएका छन् त्यसैले पनि देश भित्र र बाहिर रहेका नेपालीहरुले खुबै मन पराएका छन् । नारायण रायमाझी, प्रकाश सपुत र शान्ती श्री परियारको स्वर रहेको गीतमा शब्द तथा संगीत पनि प्रकाश सपुतकै छ ।

गीतले वैदेशिक रोजगारको कथा समेटेकोले पनि नेपाली रहेका केहि देशहरुको युट्युव ट्रेन्डिङमा आएका छन् । भिडियो हेर्दा र गीत सुन्दा आँखा रसाएका प्रतिक्रिया अधिकांश भेटिन्छन् । गीतमा धन कमाउन गएको श्रीमान् तथा छोरा को लाश घरमा आउँदा त्यसले सिर्जना गरेको पीडालाई देखाइएको छ । भिडियोमा अञ्जली अधिकारी, डिप्लोभ बिके, खुसी थापा, प्रकाश सपुत, देबेन्द्र बब्लु र सितारे गन्दर्भको अभिनय छ । प्रकाश आँफैले यो भिडियोको निर्देशन गरेका हुन् भने उनले आँफै घर बाग्लुङमा छायांकन गरेका हुन् ।

भिडियो निर्माण गर्ने क्रममा धेरैको आँशु झरेको प्रकाशको भनाई छ । भिडियो निर्माण गर्ने टिम र उपस्थित गाउँलेहरुको आँखामा आँशु नै झरेको उनी बताउँछन् । ‘मैले अहिलेसम्म निर्माण गरेका गीतहरु हाँसी मजाक मै बन्थे, सुटिङको सिनमा रुनुपरेपछि त्यो बाहेक निकै हासिन्थ्यो तर यो गीतको सुटिङको क्रममा कसैको ओठमा हाँसो थिएन, सबैजना गीतमा डुबेका थिए ।’, प्रकाशले भने । यस्तै उनले गाउँमै गएर सुटिङ गरेकाले गाउँका बृद्धहरु अझै बढी भावुक बनेको बताए । ‘मैले आफ्नै गाउँमा गएर भिडियोको सुटिङ गरे, जहाँ धेरै बृद्ध आमाबुबा हरु हुनुहुन्थ्यो, गीत सुन्दा र सुटिङमा लाशको सिन देख्दा धेरैका आँशा रसाएका थिए’, उनी भन्छन् । यस्तै गायिका शान्तिी श्रीले पनि यसै गीतले आँफूलाई गायिका भनेर चिनाएको बताउँछिन् । ‘मैले धेरै गीत गाएकी छु, तर यो गीतले यस्तो बनाईदियो कि, गायिका भएको बल्ल अनुभव गर्दैछु’, शान्ति श्रीले भनिन् । यस्तै मोडल अन्जली अधिकारीले पनि यस्तो घटना आफ्नै परिवारमा पनि घटेको कारणले सुटिङको क्रममा झन् भावुक बन्न पुगेको बताइन् ।