जेठ, काठमाडौं ।

चलचित्र ‘पण्डित बाजेको लौरी’मा समावेश ‘चोली तुना’ बोलको गीत सार्वजनिक गरिएको छ । अभिनेत्री तथा भिजे सन्ध्या केसीको मुख्य भूमिका रहेको यो चलचित्रका यस आइटम गीतमा पनि सन्ध्यालाई बोल्ड अवतारमा देख्न सकिन्छ । बिहीवार राजधानीमा आयोजिक एक कार्यक्रममा यसअघि सार्वजनिक भइसकेको टिजर पनि देखाइएको थियो ।

कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत रहेको गीतमा मिना निरौला र श्रीकृष्णको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा सन्ध्यासहित मरिश्का पोखरेल, भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरीलगायतका कलाकार पनि देखिएका छन् ।

गीतका कोरियोग्राफर विक्रम स्वाँर हुन् । अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको ‘पण्डित बाजेको लौरी’ मा एउटा सानो गाउँमा पण्डित्याईको भिन्न–भिन्न काम गर्ने पण्डितहरुको कथा प्रस्तुत गरिएको छ ।

चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ । यसमा विजय बराल ’बादी’ र सन्ध्या केसी ’बदिनी’ को भूमिकामा देखिएका छन् । निर्देशक दीपक ओलीले बादी जातीको कथालाई पनि फिल्ममा प्रस्तुत गरिएको बताए ।

‘पण्डित बाजेको लौरी’ मा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर गिरीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, विक्रम स्वाँररदीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्लरअमित श्रेष्ठको संगीत छ । चलचित्र आगामी साउन ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

video: