जेठ, काठमाडौं ।

आगामि असार ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजीत एक कार्यक्रमका बिच सार्वजनिक गरिएको उक्त ट्रेलरमा चलचित्रका सबैजसो कलाकार अटाएका छन् । अभिनेता मनिष सुन्दर श्रेष्ठ र अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशीको मुख्य भूमिका रहेको यो चलचित्र प्रेम र बिछोडको कथामा आधारीत छ ।

विकाश बस्याल निर्देशीत यो चलचित्रमा मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारीको लगानी रहेको छ भने चलचित्रको कथा पनि निर्देशन बस्यालले नै लेखेका हुन् । चलचित्रका कार्यकारी निर्माता भने प्रकाश बाँस्कोटा हुन् । विना कार्की सह–निर्मात्रीमा छिन् ।

चलचित्रमा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ । यस्तै चलचित्रमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । चलचित्रमा स्वरुप पुरुष ढकाल, रबी गिरी, विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस चलचित्रमा रोशन श्रेष्ठले द्वन्द्व निर्देशन छ ।

video: