सरुले ल्याइन् ‘ आज मुड चल्याछ’

जेठ, काठमाडौं ।

गायिका धन कुमारी थापा ‘सरु’ ले नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘आज मुड चल्याछ’ बोलको गीत शुक्रबार राजधानीको शेर्पा मलमा एक कार्यक्रमका बिच प्रिमियर गरियो । समाजसेवी तथा व्यवसायी समेत रहेकी गायिका थापाको गीतमा उनीसँगै पुर्णकला बिसी र गायक विक्रम थापाको स्वर छ । करण न्यौपानेको शब्द तथा संगीत रहेको यस गीतमा पछिल्लो समय चर्चामा रहेका दुई मोडल दुर्गेश थापा  र अन्जली अधिकारीले नृत्य गरेका छन् ।

प्रिमियर कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहेका नेपाली कांग्रेसका क्षेत्रीय अध्यक्ष अर्जुन न्यौपानेले सरुलाई गीत निकै राम्रो भएको भन्दै बधाई तथा शुभकामनाका शब्द ब्यक्त गरे । यस्तै अतिथि बिन्ध्याबासिनी म्युजीक कम्पनीका सुभाव गिरीले सरुका बिगतका गीतहरु धेरै दर्शकले मन पराएको र यस गीतपनि धेरै दर्शकको मन जित्नेमा विश्वस्त रहेको बताए । कार्यक्रममा गायिका सरुले गीत बनाउदाका संघर्षका कुराहरु सुनाइन् ।

सरुको यस डान्सिङ गीतको भिडियो क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका हुन् भने अजय रेग्मीले खिचेका हुन् । विन्दवासिनी म्युजिकले गीतको बजार प्रबद्र्धनको जिम्मा लिएको छ ।

video: